annapurna add

kp sharma oliप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले गरेका राम्रा काम नदेखेको र विरोध मात्रै गरेको भन्दै प्रधानमन्त्रीले सञ्चारमाध्यमको आलोचना गरेका हुन् ।

यसअघि पनि पटकपटक सरकारका गलत कामको सञ्चारमाध्यममा समाचार आउँदा मिडिया र सम्पादकहरूमाथि असन्तुष्टि पोखेका उनले यसपटक पनि त्यो कुरा दोहोर्‍याएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई सचेत गराउने र राम्रा कामको प्रशंसा गर्ने भन्दा पनि आलोचना मात्रै गरेको भन्दै सञ्चारमाध्यमप्रति आफ्नो असन्तुष्टि पोखेका हुन् ।

वर्तमान सरकार सञ्चारमाध्यमको विरोधी भएको जसरी प्रचार गरिएको भन्दै ओलीले आफू ५५ वर्ष स्वतन्त्रता, गणतन्त्र, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको पक्षमा, जनता र राष्ट्रको स्वाधिनताका लागि लडेको प्रधानमन्त्रीले बताए । जेलदेखि भूमिगत जीवन आफूले स्वतन्त्रताका लागि व्यतित गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले सञ्‍चारमाध्यममा आएका पछिल्ला रिपोर्टिङतिर संकेत गर्दै भने, ‘एउटा चर्चा चलाउन खोजिएको छ कि अहिलेको सरकार मिडियासँग चर्चा गर्दैंन, दुस्मनी गर्छ । त्यो तपाईंहरूले देख्नुभएको छ । संविधान दिवसका दिन सञ्चारमाध्यममा कत्तिको चर्चा गरिएको थियो ? संविधान दिवस सरकारको विषय मात्रै हो ?’

असोज ३ गते टुँडिखेलमा मनाइएको संविधान दिवसको विषयमा भएका रिपोर्टिङतर्फ उनको संकेत थियो । जहाँ खुलामञ्चमा कोरोनाको कहरले सडकमा आहारा खोज्नेहरू दाताले दिएको खानाले पेट भर्ने बेला आकाशमा संविधान दिवस मनाइरहेको हेलिकोप्टरले फूल फालिरहेको थियो । र, संविधान दिवस मनाउन राष्ट्रपतिलगायत विशिष्ट व्यक्तित्व आउने हुनाले ती खानाको आशमा पुगेकाहरूलाई सुरक्षाकर्मीले लखेटेका थिए । प्रधानमन्त्रीले उक्त दिनको रिपोर्टिङलाई लिएर असन्तुष्टि पोखेका हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...