annapurna add

mahara vs ktकाठमाडौं : जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट १० पेज लामो उक्त आदेश भएको जानकारी दिए।

रोशनी शाहीमाथी बलात्कार प्रयास अभियोग लागेका निवर्तमान सभामुख महरामाथिको थुनछेक बहस सोमबार सकिएपछि यस्ताे अादेश अाएकाे हाे ।  आइतवारदेखि महराको पक्षका वकिलहरुले बहस गरेका थिए। सोमबार महराको  पक्षमा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी बराल, शेरबहादुर केसी र रमनकुमार श्रेष्ठले बहस गरेका थिए।  महराको पक्षमा करिब ३० जना वकिलले वकालतनामा पेश गरेकोमा आइतवार र सोमबार ६ जना वकिलले बहस गरेका थिए।

महराको पक्षका ६ जना वकिलले बहस गरिसकेपछि सरकारी वकिलले पनि प्रत्युत्तर दिएपछि आदेश आएको हो। सोमबार बहस भइरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन्। आफ्ना कुरा राख्न भन्दै इजलासमा प्रवेश गरेकी उनलाई न्यायाधीशले बोल्ने अनुमति भने दिएनन्। 

महराविरुद्ध बलात्कार आरोप लगाएर प्रहरीमा जाहेरी दिएकी रोशनी शाहीले अदालतमा भने कुरा फेरेकी थिइन्। उनले आफूमाथि महराले बलात्कार प्रयास नगरेको दावी गरेकी थिइन्।

गत असोज १२ गते रोशनीलाई बलात्कार प्रयासको आरोपमा महरा असोज १९ गते सभामुख निवास बालुवाटारबाट पक्राउ परेका थिए। प्रहरीको अनुसन्धानका क्रममा महराले डिएनए परीक्षणका लागि रगत दिन मानेका थिएनन् भने ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफ परीक्षण गर्न पनि अस्वीकार गरेका थिए।

थप समाचार 

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...