Hidden
‘भीभीआईपी यौन काण्ड’: महराले ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्
संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् ।
गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान दिएको अवस्थामा प्रहरीले पोलिग्राफ टेस्ट गराउँछ । यस्तो टेस्टबाट अभियुक्तले झुटो बोले–नबोलेको पत्ता लाग्छ । महराले पीडित महिलाको डेरामा नै नगएको इन्कारी बयान दिएका थिए । जसले गर्दा सरकारी वकिल कार्यालय र प्रहरीले पोलिग्राफ टेस्ट गराउन चाहेको थियो ।
अभियुक्तको स्वीकृतीविना पोलिग्राफ टेस्ट गराउन मिल्दैन । साथै पोलिग्राफ टेस्टका लागि पूर्ण रूपमा स्वस्थ पनि हुनुपर्छ । ‘बिरामी भएर अस्पतालमै बसेकाले पनि पोलिग्राफ टेस्ट गराउन हामीले धेरै जोड गरेनौँ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने, ‘पोलिग्राफ टेस्ट गराउन सकेको भए हामीसँग थप बलियो प्रमाण हुन्थ्यो ।’ प्रहरीले केही वर्षयता हरेकजसो गम्भीर किसिमका अपराधको अनुसन्धानमा अभियुक्तको पोलिग्राफ टेस्ट गराउँदै आएको छ । यसलाई अदालतले पनि स्विकार्दै आएको छ ।
आज फरेन्सिक रिपोर्ट बुझाउँदै
प्रहरीले महराको औँठाछापको नमुना लिएर फरेन्सिक टेस्ट गरेको थियो । जसको रिपोर्ट प्रहरीले बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । रिपोर्टलाई प्रहरीले गोप्य नै राखेको छ । रायसहितको अनुसन्धान प्रतिवेदन तिहारअघि नै सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
पीडित महिलाले मदिरा पिलाएर आफूमाथि बलात्कार प्रयास गरेको बताएकी थिइन् । प्रहरीले महिलाको डेराबाट मदिरा तथा गिलास पनि बरामद गरी फिंगरप्रिन्ट निकालेको थियो । फिंगरप्रिन्ट मिलेमा महराविरुद्धको प्रमाण बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् । बरामद मदिरासहितको बोतल, गिलास, महराको भनिएको चस्मालगायत सामानलाई पनि प्रहरीले अदालतमा पेस गर्ने भएको छ ।
मुद्दा दायर हुँदै
जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौंमा महराविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । महरा पक्राउ परेको बिहीबार २५ दिन हुन्छ । गत १९ असोजमा प्रहरीले बालुवाटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी गरेको छ । जसमा १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी लिन राय दिइएको काठमाडौं परिसरले जनाएको छ ।
गत १२ असोजको बेलुका डेरामा आएर आफूमाथि बलात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएकी थिइन् । त्यसपछि १३ असोजमा प्रहरीले महरालाई पक्राउ गरेको थियो । उनी बिरामी भएपछि २३ असोजदेखि नर्भिक अस्पतालमा राखिएको छ । नयाँ पत्रिका
- थप समाचार
-
महरा प्रकरणमा साबित्रीको इन्ट्री : ‘महरालाई सुनियोजित फसाइएको’ मधु
- सभामुख कृष्णबहादुर महरा २५ दिन हिरासतमा
प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता
महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा
काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क
अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो
महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)
"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)
यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला
कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?
‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?
सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने
१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !
पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार
सभामुख महराले पिएको मदिराको मूल्य कति ?
सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ
सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने
सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?
‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको संलग्नता’
‘भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव
‘भीआईपी यौन काण्ड’: महराको बहस आज, जेल जान्छन कि घर ?
प्रकासित मिति