1478958692 banner ad format

 
 
काठमाण्डौ- टोखा नगरपालिकाका प्रमूख कार्यकारी अधिकृत (उपसचिव) कृष्णप्रसाद सुवेदी एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । आइतबार उनलाई आयोगको टोलीले पक्राउ गरेको हो ।
 
सुवेदीलाई कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए । उपभोक्ता समितिमार्फत निर्माण भएको सडकमा उनले अन्तिम भुक्तानी रोक्दै आएका थिए । एक लाख दिए मात्र भुक्तानी दिने बताएपछि ठेकदारले आयोगलाई खबर गरेर घुस दिँदै गरेको अवस्थामा सुवेदी पक्राउ परेका हुन् ।

प्रकासित मिति

Loading...

 

yummyfood