vip sexkantipathnews

काठमाडौं । महिला काण्डमा परेर ‘कथित’ रुपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई बचाउन चलखेल शुरू भएको छ ।

महिला हिंसाको आरोप लगाएकी संसद सचिवालयकी महिलाले एकाएक बयान फेरेपछि यस्तो आशंका गरिएको हो । ती महिलाले २४ घण्टाभित्रै बयान फेरेपछि विभिन्न आशंकाहरू हुन थालेका छन् ।

खड्गप्रसाद ओली नेतृत्वको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले महरालाई बचाउन ती महिलालाई दवावमा पारेर बयान फेर्न लगाएको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । महरालाई थाेरै भएपनि राहत मिलेकाे चर्चा शुरू भएकाे छ ।

सोमबार साँझ अन्तर्वार्ताका क्रममा ती महिला कर्मचारीले सभामुख महरा आफ्नो कोठामा आएर आफूलाई दुर्व्यवहार गरेको बताएकी थिइन् । मंगलबारफेरि उनले आफ्नो सोमबारको बयानलाई कायम राख्न सकिनन् ।

ती महिला कर्मचारीले अन्तर्वार्ताका क्रममा आफ्नो कोठामा सभामुख महरा नआएको बताएकी छिन् । त्यति मात्रै होइन ती महिलाले आफूलाई कुनै पनि दुर्व्यवहार नभएको जनाएकी छिन् ।

ती महिला कर्मचारीले महरा आइतबार साँझ आफ्नो कोठामा नआएको बताएकी छिन् । उनले सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेकी छिन् ।

‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिलेकाहीँ वीपी चेक गराउँदा भेट हुने हो’, ती महिला कर्मचारीले भनेकी छिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

पीडित भनिएकी ती महिला कर्मचारीले सभामुखबाट राजीनामा दिइसकेका महरा आफ्नो बुवा सरह भएको बताएकी छिन् । उनले आफूले रिसको झोँकमा आरोप लगाएको बताएकी छिन् ।

उनले उल्टो सोमबार प्रकाशित समाचार पत्रकारले बंग्याएर लेखेको आरोप लगाएकी छिन् । ‘मैले रिस उठ्दा भनेका के–के कुरालाई पत्रकारले बंग्याएर लेखिदिएछन्’, उनले भनेकी छिन् ।

सोमबार सार्वजनिक भएको पीडित भनिएकी ती महिलाको अन्तर्वार्ताका कारण महराले सभामुख पदबाट मंगलबार राजीनामा दिइसकेका छन् ।

सभामुख पदमा रहँदा महिलामाथि दुर्व्यवहार गर्नेभन्दै चर्को आलोचना भएपछि महराले मंगलबार राजीनामा दिएका हुन् ।

महरामाथि गम्भीर आरोप लागेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक बसेर महरालाई सभामुख पदबाट महरालाई राजीनामा दिन सुझाव दिएको थियो ।

अघिल्लो दिन आकस्मिक रुपमा आरोप लगाएकी ती महिलाले भोलिपल्टै बयान फेर्नुलाई धेरैले अचम्म मानेका छन् ।

सामाजिक सञ्जालमा कतिपयले महराको दवावका कारण ती महिला कर्मचारीलाई बयान फेर्न बाध्य पारिएको भन्दै निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

महिलाले बयान फेरेर सभामुख आफ्नो कोठामा नै नआएको बताए पनि यसमा प्रहरीले अनुसन्धान गर्ने पाटो धेरै हुनसक्छ ।

पहिलो सीसीटीभी फुटेजका आधारमा सभामुख महरा पीडित भनिएकी महिलाको कोठामा गएको हो कि होइन भन्ने अनुसन्धान गर्न सक्छ ।

बानेश्वर क्षेत्रमा नै पीडित भनिएकी महिलाको कोठा रहेकाले त्यस क्षेत्रमा रहेको सीसीटीभी फुटेजमा पक्कै पनि महरा गएको वा नगएको भन्ने प्रहरीले हेर्न सक्छ ।

पीडित भनिएकी महिलाले प्रहरीमा खबर गरेको र प्रहरी पनि त्यही दिन घरको खानतलासी गर्न गएको भनेकाले कतिबेला फोन गरेको हो त्यसको पनि कल डिटेल निकाल्न सक्छ ।

महरासँग ती महिला कर्मचारीको टेलिफोन सम्पर्क कतिको हुन्छ त्यसबारेमा पनि प्रहरीले छानबिन गर्न सक्छ ।

सोमबार प्रकाशित समाचारपछि ती महिलासँग क–कसले सम्पर्क गरेका छन् तिनीहरूलाई पनि अनुसन्धानको दायरामा समेट्न सकिन्छ । यसबाट महरा वा अन्य कसैले दबाब दिएको हो वा होइन पत्ता लगाउन सकिन्छ ।

प्रहरीले मंगलबार दिउँसो पीडित भनिएकी महिलाको कोठाबाट मदिराको बोतल, भाँचिएको चश्मा तथा अन्य प्रमाणहरू संकलन गरिसकेकाले त्यसबाट पनि वास्तविकता पत्ता लगाउन सक्ने अवस्था रहन्छ ।

पीडित भनिएकी महिलाले अहिले स्वास्थ्य परीक्षण गर्न नमानेको भनेकाले पनि केही शंका गर्ने अवस्था छ । त्यसैले प्रहरीले यतातिर पनि ध्यान दिनु आवश्यक छ ।

योसँगै अहिले बयान फेरेकाले प्रहरीले अन्तिम कडीको रुपमा महिलासँग बयान लिनुपर्ने माग उठेको छ ।

महिला काण्डमा परेका महराको यो विषयलाई प्रहरीले जिम्मेवारीपूर्वक अनुसन्धान नगरेको आरोप लाग्न थालेको छ । प्रहरीले काठमाडौंभित्रै निर्मला पन्त प्रकरण जस्तै घटना गराउन खोजेको भन्दै आलोचना हुन थालेको छ ।

ती महिला कर्मचारीले एकाएक बयान फेर्नु र महरालाई बचाउन खोजेको आरोप लागेपछि यो घटनाले नयाँ मोड लिएको छ ।

महरा निर्दोष छन् भने ती महिलाले किन आरोप लगाइन् ? भनेर प्रश्न पनि उब्जिएको छ । त्यति मात्रै होइन घटनामा महरा निर्दोष रहेछन् भने ती महिला कर्मचारीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग पनि उठेको छ ।

थप समाचार

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर