kumanews123 kantipathराष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लवको दल नेकपाका नेता कुमार पौडेल दोहोरो भिडन्तमा मारिएको पुष्टि नभएको ठहर गरेको छ। आयोगका प्रवक्ता एवम् सचिव वेद भट्टराईका अनुसार आयोगको अनुसन्धानबाट पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको पुष्टि हुन नसकेको हो।

आयोगको सोमवार बसेको बैठक त्यस्तो ठम्याइमा पुगेको हो।

त्यसैले आयोगले घटनामा प्रत्यक्ष संलग्न प्रहरी र उक्त टोलीको नेतृत्व गरेका प्रहरी अधिकारीविरूद्ध मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको आयोगका एक सदस्यले  बताए।

असार पहिलो साता विप्लवको दलका सर्लाही जिल्लाका नेता पौडेल लालबन्दी नगरपालिकास्थित जंगलमा भएको भनिएको भिडन्तमा मारिएको प्रहरीले बताएको थियो।

तर प्रहरीले नियन्त्रणमा लिएर उनको हत्या गरेको भनि संसद्‍मा समेत कुरा उठेको थियो।

उक्त घटनाबारे मानव अधिकार आयोगले स्थलगत अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा आयोगले त्यस्तो निर्णय गरेको हो।

Anuprajsharma KANTIPATHNEWS

अनुसन्धानका क्रममा आयोगले बारम्बार ताकेता गर्दा पनि शव परीक्षण (पोष्टमोर्टम) र प्रहरी प्रतिवेदन नपाए पछि तीनदिने म्याद तोकेर प्रहरी प्रधान कार्यालयलाई दुवै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो।

गृह मन्त्रालयले दिएको प्रतिवेदनले पनि भिडन्तमै मारिएको देखाएको अधिकारीहरूले बताएका थिए।

तर आयोगको ठहर सरकारको भनाइभन्दा विपरीत आएको छ।

विप्लवको दलले पनि आफ्नो नेताको मृत्यु दोहोरो भिडन्तमा नभइ नियन्त्रणमा लिएर उनको हत्या गरिएको बताएको थियो।

पौडेलका परिवारका सदस्यहरूले पनि त्यस्तै दाबी गरेका थिए।

kumar paudel murder case 1 kantipath

kumar paudel murder case2kumar paudel murder case3याे पनि पढ्नुहाेस् : कुमार पौडेल ‘इन्काउन्टर’ : संसदीय समितिमै थन्कियो गृहको प्रतिवेदन

kumar poudel news kantipathnews

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनासम्बन्धी प्रतिवेदन संसदीय समितिमा थन्किएको छ ।

गृह मन्त्रालयले प्रतिवेदन तयार पारी एक महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो ।

समितिले घटना छानबिन गर्न निर्देशन दिएको थियो । समिति सदस्यलाई २६ असारमा प्रतिवेदन वितरण गरिएको थियो । तर, यसबारे अझै छलफल चलेको छैन ।

घटना छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस र राजपाले संसद् अवरुद्ध पारेका थिए । प्रतिनिधिसभाले सुवास नेम्बाङको संयोजकत्वमा अध्ययन तथा सुझाव विशेष समिति गठन गरेपछि सदन खुलेको थियो । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

थप समाचार

सरकार नागरिक हत्यामा उत्रियो : नेकपा

भोजपुर घटनाका प्रत्यक्षदर्शी भन्छन्- प्रहरीले निरकुमारमाथि ताकेको गोली प्रहरीलाई नै लाग्यो

प्रहरी र विप्लव समूहबीच भिडन्त हुर्दा प्रहरी जवान राईको मृत्यु

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, प्रहरीसहित दुई जनाको मृत्यु,१ घाइते

कुमारको परिवारले भन्योः यो नियोजित हत्या हो, स्वतन्त्र छानबिन हुनुपर्छ’

विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान, प्रहरीसहित दुई जनाको मृत्यु,१ घाइते

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर