annapurna add

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।

bshes bses adalatFile Photo/Kantipath

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले गत २२ माघमा दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ विरुद्ध अदालतले १५ दिने म्याद जारी गर्न शुरु गरेको हो ।

विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशक पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी, खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा म्याद जारी गरिसकेको छ ।

मृतक मान्छेलाई १० वर्ष कैद सजाय माग

subaa yukta parsad shrestha minअदालतले उपस्थित हुन म्याद जारी गरेका मध्ये मालपोत कार्यालय डिल्लीबजारका तात्कालिन नासु युक्तप्रसाद श्रेष्ठको मृत्यु भइसकेको छ । प्रहरीकाअनुसार श्रेष्ठले गत साउनमा बालाजुस्थित हिमालयन सिटी सेन्टरको सातौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, पर्वतका नेता समेत रहेका श्रेष्ठमाथि अदुअआले २ करोड २९ लाख ५७ हजार ४०० विगो माग गरेको छ । उनलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ र ६, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८, ५ र १७ अनुसार कारवाहीको माग समेत गरिएको छ ।

भ्रष्टाचार निवारण ऐनमा एक करोड भन्दा बढी भ्रष्टाचार गर्नेलाई ८ वर्षदेखि १० वर्षसम्म कैद सजायको व्यवस्था छ ।

सोही ऐनको दफा ८ अनुसार ‘कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने वा नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले गरेको कसूरमा थप तीनवर्षसम्म कैद र बिगो बमोजिम जरिवाना समेत गर्न सकिने व्यवस्था छ ।

परिवारका मृतकसँग २० करोड बिगो माग

अदुअआले विशेष अदालतमा दायर गरेको मुद्दामा जग्गा धनी दाबी गर्दै आएका रुक्म शमशेर जबरा, हाटक शमशेर जबरा, हेमन शमशेर जबरा, सुनिती राणा, शैलजा राणा, हेमाद्री शमशेर जबरालाई पनि विपक्षी बनाइएको छ ।

रुक्म शमशेर स्वर्गीय कांग्रेस नेता सुवर्ण शमशेरका छोरा हुन् । सुनिती राणा जेठी र शैलजा राणा सुवर्णकै माहिली बुहारी हुन् । हेमाद्री सुनिती राणाका छोरा हुन् । विपक्षी बनाएका मध्ये हाटक र हेमन सुवर्णका अर्का छोरा कञ्चन शमशेरका छोराहरू हुन् ।

राणा परिवारका प्रतिवादी मध्ये हेमन शमशेर, सुनिती राणा र शैलजा राणाको मृत्यु भइसकेको छ । मृतक हेमन शमशेरलाई एक करोड ३५ लाख २२ हजार ५० रुपैयाँ, सुनिती राणालाई ८ करोड ६९ लाख ८२ हजार र शैलेजा राणालाई ९ करोड ६३ लाख ४ हजार ५० रुपैयाँ विगो तोकिएको छ ।

तीन मृतकलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (३) अनुसार ८ वर्षदेखि दशवर्ष कैद सजायको माग गरिएको छ ।

bh list

अदुअआले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको १३६ रोपनी सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन पूर्व मन्त्री र तीन पूर्व सचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

सामान्य एउटा कर्मचारीको मृत्यु हुदाँ परिवारलाई मुद्दा अनि मुख्यसचिव माधव घिमिरेको मृत्यु हुदाँ परिवारलाई किन उन्मुक्ति ? जबकि घटना एकै प्रकृतिको हो ।

बालुवाटार प्रकरण- गच्छदारसहित १७५ विरुद्ध मुद्दा (सूची)
सरकारी कर्मचारी र पदाधिकारीहरु
विजयकुमार गच्छदार, उप-प्रधानमन्त्री तथा मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
डम्बर श्रेष्ठ, मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
चन्द्रदेव जोशी, मन्त्री, बिगो रु. ७,०८,४८,०००।-
दीप बस्न्यात, सचिव, बिगो रु. ९,६५,७६,०००।-
छविराज पन्त, सचिव, बिगो रु. ९,६५,७६,०००।-
दिनेशहरि अधिकारी, सचिव, बिगो रु. ७,०८,४८,०००।-
तेजराज पाण्डे, सह-सचिव, बिगो रु. ७,०८,४८,०००।-
जीतबहादुर थापा, सह-सचिव, बिगो रु. ९,६५,७६,०००।-
हुपेन्द्रमणि केसी, उप-सचिव, बिगो रु. ३०,३९,९६,०००।-
विनोदकुमार गौतम, उप-सचिव, बिगो रु. ९,६५,७६,०००।-
लक्ष्मीनारायण उप्रेती, उप-सचिव, बिगो रु. ७,०८,४८,०००।-
कलाधर देउजा, प्रमुख मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-
मुकुन्दप्रसाद आचार्य, भूमिसुधार महानिर्देशक, बिगो रु. ७५१००००।-
सुरेन्द्रमान कपाली, मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-
धर्मप्रसाद गौतम, शाखा अधिकृत, बिगो रु. ७८,२४,२००।-
जगतप्रसाद पुडासैनी, नायब सुब्बा, बिगो रु. २,२६,८५,५००।-
युक्तप्रसाद श्रेष्ठ, खरिदार, बिगो रु. २,२९,५७,४००।-
रुद्रकुमार श्रेष्ठ, महानिर्देशक, बिगो रु. १३,२३,७२,०००।-
पुष्पराज उपाध्याय, निर्देशक, बिगो रु. १३,२३,७२,०००।-
इन्द्रप्रसाद ढुंगाना, शाखा अधिकृत, बिगो रु. १३,२३,७२,०००।-
टिकाराम घिमिरे, प्रमुख मालपोत अधिकृत, बिगो रु. १३,६५,७२,०००।-
टिकाबहादुर बिसी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
जीवनाथ पोखरेल, खरिदार, बिगो रु. १३,२३,७२,०००।-
अर्जुन भण्डारी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
मोहम्मद साबिर हुसैन, नापी अधिकृत, बिगो रु. ४२,००,०००।-
श्रीहरि पुडासैनी, नायब सुब्बा, बिगो रु. ४२,००,०००।-
श्यामकुमार क्षेत्री, खरिदार, बिगो रु. ४२,००,०००।-
हरिकृष्ण तिम्सिना, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
परशुराम पोखरेल, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
कृष्णप्रसाद पौडेल, शाखा अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
प्रकाश नारायण भट्ट, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
टंकनाथ पौडेल, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
प्रेमबहादुर खापुङ्ग, प्रमुख मालपोत अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
अर्जुन खतिवडा, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
शंकरप्रसाद सुवेदी, भूमिसुधार अधिकारी, बिगो रु. ९,६५,७६,०००।-
अंगर सिग्देल, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
केदारप्रसाद श्रेष्ठ, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
कमल घिमिरे, नापी अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
देवबहादुर लामिछाने, सर्भेक्षक, बिगो रु. ३२,१९,२०,०००।-
भरतचन्द्र अर्याल, अमिन, बिगो रु. ३२,१९,२०,०००।-
जनकबहादुर भण्डारी, नापी अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
राजेन्द्रमान श्रेष्ठ, इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
बालकृष्ण श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
सुरोजराज राजकणिर्कार, सुपरिटेण्डेण्ट इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
अशोकनाथ उप्रेती, महानिर्देशक, शहरी विकास, बिगो रु. ९,६५,७६,०००।-
हरिबोल आचार्य, मुख्य अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
रामेश्वर विडारी, वरिष्ठ सहायक, बिगो रु. ७,०८,४८,०००।-
सेमन्तराज चापागाइँ, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
तुलसी पोखरेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
हेमराज सुवेदी, सह-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
हरिप्रसाद जोशी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
बलिरामप्रसाद तेली, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
दिलिपकुमार भट्ट, का.मु. गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
नवराज पौडेल, सहायक, बिगो रु. ७,०८,४८,०००।-
शैलेन्द्र पौडेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
जयप्रसाद रेग्मी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
फणिन्द्रप्रसाद दाहाल, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
मणिकुमार राना, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
बद्रीबहादुर कार्की, शाखा अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
दिनेशप्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत, बिगो रु. ७,०८,४८,०००।-

जग्गा धनी र मोही

रुक्म शम्शेर जबरा, बिगो रु. ८,२७,८२,०००।-
हाटक शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
हेमन शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
सुनिती राणा, बिगो रु. ८,६९,८२,०००।-
शैलजा राणा, बिगो रु. ९,६३,०४,०५०।-
हेमाद्री शम्शेर जबरा, बिगो रु. ४२,००,०००।-
बिलबहादुर महर्जन, बिगो रु. ३,००,०००।-
हर्ष महर्जन, बिगो रु. ४४,८०,०००।-
डीएल डेभलपर्स प्रा.लि., बिगो रु. ५,४४,००,०००।-
माधवी सुवेदी, बिगो रु. ९१,२०,०००।-
उमाकुमारी ढकाल्नी, बिगो रु. ९१,२०,०००।-
श्रीकृष्ण महर्जन, बिगो रु. १,९०,४०,०००।-
चमेली श्रेष्ठ, बिगो रु. ३,२८,००,०००।-
कान्छा महर्जन, बिगो रु. ५२,८०,०००।-
देवनारायण महर्जन, बिगो रु. २,९७,६०,०००।-
तीर्थमाया महर्जन, बिगो रु. ६७,२०,०००।-
रेना गुरुङ्ग, बिगो रु. २,२७,२०,०००।-
बाबुराजा महर्जन, बिगो रु. ३,४४,००,०००।-
मचानानी महर्जना, बिगो रु. १,५५,२०,०००।-
ग्वाराभाइ महर्जन, बिगो रु. १,८८,८०,०००।-
द्वारिकामान महर्जन, बिगो रु. ३,५८,७२,०००।-
रजनी पनेरु, बिगो रु. ४०,००,०००।-
बाबा कार्की, बिगो रु. ३,२८,००,०००।-
अगम ढुंगाना, बिगो रु. ३,२८,००,०००।-
खेमलाल खरेल, बिगो रु. ३,२८,००,०००।-
मिनबहादुर गुरुङ, भाटभटेनी, बिगो रु. ११,२०,००,०००।-
लक्ष्मी ढकाल, बिगो रु. ३,२८,००,०००।-
तीर्थमाया महर्जन, बिगो रु. ३,९०,४०,०००।-
देवरानायण महर्जन, बिगो रु. ३,०६,७२,०००।-
मोहन महर्जन, बिगो रु. २,६२,०८,०००।-
सञ्जयकुमार महर्जन, बिगो रु. २७,३६,०००।-
सकुलानन्द महर्जन, बिगो रु. २७,३६,०००।-

सरकारी जग्गा कमिसनमा लिनेहरु

शोभाकान्त ढकाल, बिगो रु. ३९,२७,६८,०००।-
रामकुमार सुवेदी, बिगो रु. ५२,५१,४०,०००।-
मिनबहादुर गुरुङ, बिगो रु. ३९,२७,६८,०००।-

इन्द्रबहादुर थापा क्षेत्री, बिगो रु. ६,२३,५००।-
शान्ति मल्ल प्रधानाङ्ग, बिगो रु. ६,२३,५००।-
मिठुदेवी चापागाईँ, बिगो रु. ६,२३,५००।-
सरस्वतीकुमारी श्रेष्ठ, बिगो रु. ६,२३,५००।-
निर्मलादेवी श्रेष्ठ, बिगो रु. २,७१,९००।-
मोहनप्रसाद भट्टराई, बिगो रु. ४,६४,२००।-
बैकुण्ठ शर्मा रेग्मी, बिगो रु. १,५०,०००।-
खिमादेवी आङबुहाङ, बिगो रु. २,८६,०००।-
शशिकला सुब्बा, बिगो रु. १,७८,२००।-
विद्या पौडेल गौतम, बिगो रु. १,३१,३००।-
सोदा कुमारी चापागाईं, बिगो रु. ९३,७५०।-
भुवन कुमारी चापागाईं, बिगो रु. ७,५९,४००।-
उर्मिला शाह, बिगो रु. २,८६,०००।-
रामनाथ घिमिरे, बिगो रु. १,७८,२००।-
रामकल्याण अधिकारी, बिगो रु. ७,५९,४००।-

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा यस प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीसहित ९ जनामाथि भने मुद्दा दर्ता भएन । कोमाथि किन मुद्दा चलेन त ? यस्तो छ कारणः

१. माधवकुमार नेपाल (पूर्वप्रधानमन्त्री) – मन्त्रिपरिषद्बाट २०६७ सालमा भएको निर्णयमा अख्तियार प्रवेश नगरेकाले ।

२. बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री) – मन्त्रिपरिषद्बाट २०६९ सालमा गुठीका नाममा कायम गर्ने भनी गरेको सैद्धान्तिक निर्णयमा अख्तियार प्रवेश नगरेकाले ।

३. माधव घिमिरे (पूर्वमुख्यसचिव) – दिवंगत भएकाले उनको भूमिकामाथि प्रवेश भएन ।

४. लीलामणि पौड्याल (पूर्वमुख्यसचिव) – मन्त्रिपरिषद्को निर्णय प्रमाणित गरी त्यसबारे मात्रै पत्राचार गरेकाले ।

५. उमानाथप्रसाद ज्ञवाली (पूर्व भूमिसुधार अधिकारी) – राणा परिवारको जग्गामा मोही कायम गर्ने निर्णय गरे पनि प्रत्यक्ष रुपमा सरकारी जग्गा हानी भएको नदेखिएकाले ।

६. सुधीर शाह (पूर्व निर्वाचनआयुक्त) – प्रत्यक्ष नजोडिएकाले जग्गाले लिने पत्नीलाई मात्रै मुद्दा चलेको ।

७. गेहनाथ भण्डारी (पूर्वसहसचिव) – प्रत्यक्ष नजोडिएकाले जग्ग लिने पत्नी र सासूलाई मात्रै मुद्दा चलेको ।

८. नवीन पौडेल (विष्णु पौडेलका छोरा) जगा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले ‘जफत प्रयोजन’ का लागि अख्तियारले प्रतिवादी नबनाएको ।

९. कुमार रेग्मी (सर्वोच्च न्यायाधीश) – जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले जफत प्रयोजनका लागि अख्तियारले प्रतिवादी नबनाएको ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर