1478958692 banner ad format

 
 

ललितपुर महानगरपालिकामा अत्यन्तै झिनो मतअन्तरका साथ अग्रता लिइरहेका नेपाली कांग्रेसका चिरीबाबु महर्जन अन्ततः ३६५ मत अन्तरले मेयर निर्वाचित भएका छन्।

Lalitpur metropolis Nepali Congress won min

मंगलबार राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४६६६ मत पाएको ललितपुरका कांग्रेस सांसद चन्द्र महर्जनले जानकारी दिए। उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारको पक्षमा २४३०१ मत परेको छ।

यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै गीता सत्याल निर्वाचित भइन्। उपमेयरमा राप्रपा र नेकपा एमालेका संयुक्त उम्मेदवार बाबुकाजी शाक्य साझा पार्टीका उम्मेदवार शोभा शाक्यले भन्दा कम मत ल्याए । 
 
बाबुकाजीले १० हजार ५ सय ४० ल्याए भने उपमेयरकी विजेता गीताले १९ हजार ८१९ मत पाइन्। साझा पार्टीकी रहेकी शोभा शाक्यले १४ हजार २४० मत ल्याइन्।

 

 

प्रकासित मिति

Loading...

 

yummyfood