1478958692 banner ad format

 
 

अछाम – अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका (सहोदर) दाजुभाइ हुन् । तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन् भने कृष्ण एमाले समर्थक हुन् । यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर प्रस्ट्याउँछ । 

Local election husband and wife divorce

‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनको बेला त दूरी नबढ्ने कुरै भएन ।’ गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए । ढकारी गाउँपालिकाका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् । यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ । पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी पँधेरो, मेलापात र घाँसदाउरामा पनि राजनीति पसेको छ । घट्ट, चिया पसल, धारा र सार्वजनिक चौतारोमा पनि उनीहरूसँगै बस्न मान्दैनन् ।

 

गाउँमा बाटो पनि कांग्रेस र एमालेका छुट्टाछुट्टै छन् । बजारबाट घर फर्किंदा एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरू मात्रै भेटिन्छन् । एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरू सहभागी हुँदैनन् । ‘निर्वाचनकै कारण घरको चुलोमा पनि राजनीति पस्यो,’ मंगलसैन–३ का मोति कामीले भने, ‘बुढाबुढीकै बोलचाल छैन, गाउँले र दाजुभाइ त परको कुरा भयो ।’ नेताभन्दा कार्यकर्तामा झन् अनौठो खाले तुच्छ राजनीतिक प्रतिस्पर्धा भइरहेको उनले बताए ।

१४ असारमा हुने स्थानीय तहको निर्वाचन सरगरमी बढेयता झिनामसिना विषयले पनि गाउँलेबीच ठूलै विवाद निम्त्याएको देखिन्छ । बाख्रा बारीमा पस्दा र कुखुराले सुकाएको बिस्कुन खादा पनि फरक पार्टी परे ठूलै विवाद हुने गरेको चौरपाटी–७ का सामाजिक अगुवा खड्गबहादुर खड्काले बताए । ‘निहुँ पाउनुहुन्न ठूलै झगडा हुन्छ,’ उनले भने, ‘वैचारिक भिन्नताले समस्या पारे पनि ०४६ सालतिर जस्तो भने अहिले छैन ।’ घरघरमा फहराएका झन्डा, पोस्टर र पम्पलेटले गाउँ जति झिलीमिली देखिए पनि गाउँलेबीचको तिक्तताले नयाँ आगन्तुकलाई नरमाइलो लाग्ने गरेको उनले बताए ।

यति मात्र होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिले घरबारै तोड्नु परेको छ । श्रीमान् कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ की मनसरा बुढाले श्रीमान्सँगको सम्बन्धै तोडिन् । ‘श्रीमान्ले पटकपटक पार्टी प्रवेशका लागि दबाब दिए,’ उनले भनिन्,

‘विद्यार्थी हुँदैदेखि नेविसंघमा आबद्ध थिएँ । पार्टी छोड्नुभन्दा श्रीमान् छोड्ने निर्णय लिएँ ।’ दैलेख, डुंगेश्वरकी २१ वर्षीया मनसराले सात महिनाअघि अछामीसँग विवाह गरेकी थिइन् । चुनाव लागेयता मेलमिलापका लागि प्रशासन पुग्ने मुद्दामा पनि नेताहरूले बढी नै चासो राख्ने गरेका छन् ।आजको राजधानीमा यो खबर छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood