1478958692 banner ad format

 
 

काठमाडौँ -स्थानीय तहमान निर्वाचित हुने जनप्रतिनिधिको तलबभत्तामा मात्र वार्षिक ३ अर्ब ६० करोड रूपैयाँ खर्च देखिएको छ। स्थानीय विकास मन्त्रालयले ७ सय ४४ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलाई तलबबापत मासिक २० करोड २९ लाख ९ हजार रूपैयाँ दिने प्रस्ताव गरेको छ।

Local election representative salary

मन्त्रालयको संघीय मामिला महाशाखाले तयार पारेको मस्यौदामा मासिक रूपमा  महानगरपालिकाका मेयरलाई  ६० हजार, उपमेयरलाई  ५० हजार र वडाध्यक्षलाई ३० हजार रूपैयाँ तलब दिने प्रस्ताव गरेको छ।  ४ महानगरपालिकामा १२३  वडा छन्।

मन्त्रालयलको मस्यौदामा उपमहानगरपालिकामा  मेयरलाई ५० हजार उपमेयरलाई ४५ हजार र वडाध्यक्षलाई २८ हजार रूपैयाँका दरले तलब दिने प्रस्ताव गरेको छ। मुलुकमा १३ उपमहानगरपालिकामा २ सय ७८ वडा छन्। नगरपालिकाका मेयरलाई ४० हजार, उपमेयरलाई ३५ हजार र वडाध्यक्षलाई २५ हजार मासिक तलब दिनुपर्ने प्रस्ताव अघि सारेको छ। २ सय ४८ नगरपालिकामा  २ हजार ८ सय ७३ वडा छन्।

यस्तै गाउँ पालिकाको अध्यक्षलदाई  ३५ हजार उपाध्यक्षलाई ३० हजार र वडाध्यक्षलाई  २० हजारका दरले तलब दिन प्रस्ताव गरेको छ।  ४७९ गाउँपालिकामा  ३ हजार ४ सय १० वडा छन्। यो खबर निरू अर्यालले आजको कारोबारमा लेखेकी छन्।  

प्रकासित मिति

Loading...

 

yummyfood