1478958692 banner ad format

 
 

काठमाडौं – स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरूको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो । 


महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरूको नाम भने छैन । सूचीमा अधिकांश नया“ गुन्डाहरू छन् । चुनावमा उनीहरूले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

News Of Nepal Local election security challenge

को–को छन् सूचीमा ?
प्रहरीबाट प्राप्त सूचीअनुसार दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सञ्जय लामा ‘झिङ्गे’, प्रकाश गोले, विजय गोले, काजी शेर्पा, रवि थिङ निगरानी सूचीमा छन् । त्यस्तै, विनोद घिसिङ, लम्बु शेर्पा, निमा लामा, उमेश लामा (सिनामंगल), आङनिमा शेर्पा, सविन खड्गी, आशीष राई, राजु गोर्खाली, प्रतीक हवल्दार श्रेष्ठ, राम श्रेष्ठ मदन गिरी, दिपक आचार्य, संजीव लामा, दुर्गा राई, चन्द्र लिम्बु, सनम थेवे पनि प्रहरी सूचीमा छन् ।

रितु राई, राजु श्रेष्ठ, प्रवेश श्रेष्ठ, रिनझिन शेर्पा ‘रिङकी’, रमेश सुनुवार, मुखिया घले, अमृतमा लामा, अमित लामा, मुखिया लाप्चा, रेम्बो मनाङे, ज्याक भोटे, नोर्बु शेर्पा, दिपक मनाङे, पञ्चे लामा, कान्छा लामा, सुकबहादुर तामाङ, उमेश लामा(ठमेल), राधे भण्डारी, सूर्य गुरुङ, विशाल गुरुङ, वीरबहादुर स्याङतान, अर्जुन गुरुङ, बिश्व कार्की, राजन महर्जन प्रहरी निगरानीमा छन् ।

प्रहरीको सूचीमा छिरिङ शेर्पा, छिरी शेर्पा, डेण्डी शेर्पा, सुरेश महर्जन, मानबहादुर तामाङ, निरज लामा, राजु भण्डारी, शमशेर थापा, मिनकुमार लामा, रोशन रोक्का, हिमाल बस्नेत, टेकसग लिम्बू, महेन्द्र थिङ लामा, पूर्ण गुरुङ ‘जसवन्त’ पनि प्रहरीको सक्रिय गुन्डागर्दीको सूचीमा छन्।

त्यस्तै, शिवा पुन, बिजय तामाङ, टंक अधिकारी, सञ्जयध्वज शाही, तुलसी मगर, चन्द्रबहादुर तामाङ, बिकेश लामा, सरोज लामा, समिरमान बस्नेत, अर्पण शेर्पा, बिकी महर्जन, सरोव थापा, साजन महर्जन, सुजन श्रेष्ठ, भोजे लामा, दिनेश लामा, लाम्टा मुखिया, सोगेन कपाली, धिरज गुरुङ, ज्याक गुरुङ, दिनेश धिताल, दिपक पण्डितलाई पनि प्रहरीले निगरानी सूचिमा राखेको छ ।

रूपक फुयाँल, चक्रे गुरुङ, तेजेन्द्र गुरुङ, साजन महर्जन (बिकास), राजेश महर्जन, लक्षे थापामगर, ससाङक श्रैष्ठ, नारायण लामा, हापा गुरुङ, अखिल गुरुङ, जीवन चौलागाई पनि निगरानीमै रहेको प्रहरीले जनाएको छ । अन्यमा पंकज मल्ल, आशिष गुरुङ, आङ शेर्पा, बाबे भन्ने शुक्रबहादुर लामा, विकास भन्ने सत्यमान लामा, तुलसी मगर, चन्द्रबहादुर लामा, शेरबहादुर धिताल, निश्चल श्रेष्ठ, जसवन्त गुरुङ, सुमित रेग्मी, लव विक, राजन भुजेल, नारायण लामा, सन्तोष खड्का, संजित श्रेष्ठ, संजोग बानिया, बिक्रम श्रेष्ठ, सुमन गिरी, आशिष राई, निमा लामा, सुरेश लामा, आङनिमा शेर्पा, सञ्जय डंगोल र पहलराज सुनुवार छन् ।

दुई महिनामा ३२ पक्राउ
प्रहरीले पछिल्लो दुई महिनामा ३२ जनालाई पक्राउ गरेको छ । तेजेन्द्र गुरुङ, साजन महर्जन, वाला लामा, दीपेन्द्र प्याकुरेल ‘कान्छा’ लगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ । त्यस्तै, नमु तामाङ, कुमार गोले, सविन खड्गी, छिरिङ भनिने फुपु छिरिङ शेर्पा, बसन्त भुषाल, आशिष राई, कृष्ण खड्का, मम भनिने रामकृष्ण थापा, बिक्रम भनिने नानीबाबु थापा, रकी भनिने सागर थापा मगर, शशांक भनिने शिसन श्रेष्ठ पनि पक्राउ परिसकेका छन् ।

यसैगरी, पुनम कार्की, कर्मा घले, कोर्ते गुरुङ, ज्याक गुरुङ, दुर्गा राई, रिज महर्जन, राजीव महर्जन, निरु लामा, राजु बोगटी, पुनित गुरुङ, रामेश्वर गौतम,‘फिस्टे’, श्याम मोक्तान, काले थापा मगर, सुनिल नगरकोटी, नकिन महर्जन र सुरेश जोशी पक्राउ परेका छन् । उनीहरूमध्ये अधिकांश साधारण धरौटीमा छुटिसकेका छन् ।

गोंगबुका गुन्डा नाइके साजन १५ वैशाखमा पक्राउ परेकोमा तेस्रो दिनमै छुटेका थिए । गुन्डागर्दीसम्बन्धी कानुन नभएकाले उनीहरूलाई सार्वजनिक अपराध चलाउनुपर्ने र जिल्ला प्रशासन कार्यालयले साधरण धरौटीमै छाड्ने गरेको छ । निर्वाचनमा नेत्रविक्रम नेतृत्वको नेकपा र गुन्डाहरूलाई उपत्यकाका प्रमुख सुरक्षा चुनौती बनाएर सुरक्षा योजना बनाएको छ ।

फिंगर प्रिन्टसहितको डाटा
गुन्डागर्दीमा संलग्नहरूलाई प्रहरीले पक्राउ गर्दै उनीहरूको औंठाछाप लिन थालेको छ । कुनै अपराध गरेमा सहज अनुसन्धानका लागि प्रहरीले उनीहरूको औंठाछाप लिन थालेको हो । ‘पक्राउ परेका सबैको औंठाछाप र नयाँ फोटो रेकर्डका लागि राखेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले भने, ‘छुटेपछि पनि उनीहरूलाई दैनिक तारेखमा राखेका छौं ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood