1478958692 banner ad format

 
 

काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्बाचनमा एक भोट बराबर करिब पाँच हजार रुपैंयाँ खर्च भएको छ ।

nirwachan aayog

त्यसमध्ये करिब ३ हजार ६ सय १३ रुपैंयाँ उम्मेदवार र उनका समर्थकले खर्च गरेका छन् भने प्रतिभोट एकहजार तीनसय नौ रुपैंयाँ सरकारी ढुकुटीबाट खर्च भएको छ ।

स्थानीय निर्बाचनमा जम्मा ६९ अर्ब ४२ करोड रुपेंयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

निर्बाचन पर्यवेक्षणका तर्फबाट विज्ञ समूहले ६ महिना लगाएर गरेको अध्ययन अनुसार तीन चरणमा भएको निर्बाचनमा जम्मा १८ अर्ब ४६ करोड सरकारी ढुकुटीबाट खर्च भएको छ ।

उम्मेदवार र उनका समर्थकले गरेको खर्च यो भन्दा तीन गुणा बढी छ । उम्मेदवार उनका समर्थकहरुले ५० अर्ब ९६ करोड रुपैंयाँ खर्च गरेको अध्ययनको निस्कर्ष छ ।

समितिका परियोजना प्रमुख उज्ज्वल अधिकारीले काठमाडौं, मोरङ, दाङ र जाजारकोट जिल्लालाई नमूनाको रुपमा लिई अध्ययन गरेको बताए । -अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकासित मिति

Loading...

 

yummyfood