1478958692 banner ad format

 
 

Loksewa Aayog

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहको विज्ञापन विरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्ने भएको हो ।

असार २८ गतेदेखि साउन १० गतेसम्म आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । असार २९ गते काठमाडौ उपत्यकाको विभिन्न स्थानमा मसाल जुलुस निकालिनेछ । असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिनेछ भने साउन २ र १० गते नेपाल बन्द घोषणा गरिएको छ ।

आन्दोलनका कार्यक्रमः

२०७६ असार २८ गतेः प्रचार–प्रसार र पर्चा वितरण काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा ।

२०७६ असार २९ गतेः साँझ मसाल जुलुस काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँहरूबाट ।

२०७६ असार ३० गतेः साँझ सिठ्ठी जुलुस काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरूबाट ।

२०७६ असार ३१ गतेः उपत्यकाको विभिन्न ठाउँहरूबाट जुलुससहित विशाल जनप्रदर्शन माइतीघर मण्डला र देशैभर ।

२०७६ साउन २ र १० गतेः नेपाल बन्द ।

प्रकासित मिति

Loading...

 

ताजा खबर