annapurna add

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले अमेरिकासँग जी टु जी प्रक्रियाबाट एम १६ हतियार किन्ने बताएका छन् ।

iswor pokhre kantipathnews of nepal ktmरक्षा मन्त्रालय सम्हालेको २ वर्ष पुगेको अवसरमा मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले हतियार किन्ने निर्णय भएपनि प्राविधिक कारणले ढिलाई भएको बताए ।

मन्त्री पोखरेलले पत्रकारले राखेको जिज्ञासामा अमेरिकी सहयोग परियोजना एमसीसीमा सेनाको भूमिका राखिएको वा नराखिएको बारे अध्ययन गरिने भन्दै नेपाली सेना अन्तर्राष्ट्रिय वा क्षेत्रीय रुपमा कुनै अर्को पक्षसँगको सैन्य गठबन्धनमा सहभागी नहुने बताए ।

उनले क्षेत्रीय वा विश्वब्यापी कुनै पनि सैन्य गठबन्धनमा रहेर काम नगर्ने घोषित नीति भएको स्पष्ट पारे । 

पोखरेलले आवश्यकताका आधारमा नेपाली सेनाको आकार घटबढ हुने बताए । उनले भने–‘हिजो द्धन्द्धका बेला जति आवश्यकता थियो त्यही आधारमा सेनाको संख्या बढ्यो, अहिले आवश्यकता कम होला, त्यही आधारमा संख्या व्यवस्थापन हुन्छ ।’

नेपालले भारतसँग ३ अर्ब हाराहारीको सैन्य सामग्री लिएको विषयमा उनले भारतबाट प्राप्त गरेको हतियारको पैसा तिर्नुपर्ने भए तिर्ने र अनुदानमा पाइने भए त्यसमा पनि सरकार प्रष्ट भएको बताए ।

मन्त्री पोखरेलले शान्ति सेनामा जाने सेनाले यसअघि भनसुन गर्नुपर्ने अवस्था रहेको गुनासो आएपनि अब ब्यवस्थित पद्धति बसालेको बताए । उनले अगाडि नै शान्ति सेनामा को जाँदैछ र आफ्नो पालो कहिले आँउछ भन्ने थाहा हुने व्यवस्था गरेको जानकारी दिए । अहिले प्रतिबर्ष ५ हजार सेना शान्ति स्थापनाका लागि विश्वका विभिन्न देशमा खटिएको बताउँदै सेनाको १० प्रतिशत सो काममा खटाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर