annapurna add

काठमाडौं । राजधानीबाट शुक्रवार प्रकाशित पत्र-पत्रिकाले आज विभिन्न शिर्षकमा प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

हिजाेकाे पत्रिकामा - भारतीय दूतावास छिर्ने डिआईजी कारबाहीमा, ‘प्रदेशमा हस्तक्षेप नगर’

kantipath patrapatrika ma aajaनयाँ पत्रिका - नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ, जसको २० प्रतिशत काम सकिएको छ । सिंहदरबारको पुतलीबगैँचाको १७३ रोपनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन बन्दै छ । त्यस्तै भैँसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास बन्दै छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ । नक्सापासविना भवन बन्न थालेकोमा विरोध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरोध गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बन्दै छ । तर, करिब २० प्रतिशत काम पूरा हुँदासमेत नक्सापास भएको छैन । प्रधानमन्त्रीनिवास मात्रै होइन, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास पनि नक्सापास नगरी बन्दै छन् । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै ठेकेदारले तीव्र गतिमा काम गरिरहेका छन् ।

कान्तिपुर - देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अडान लिँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको हो । बहिष्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेको छ । समायोजन नसकिएको, क्रियाशील सदस्यता अद्यावधिक र वितरणको काम सुरु नै नभएकोले समायोजनपछि मात्रै कार्यतालिका ल्याउन सकिने धारणा देउवा र उनी पक्षीय नेताहरुको छ । 

अन्नपूर्ण - ‘अब महाधिवेशनमै जोड दिनुपर्छ,’ बैठक बहिष्कार गरेपछि नेता पौडेलले भने, ‘हामीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्छ भन्यौँ, उहाँहरु सहमत हुनु भएन । बहुमतमा पेलेरै निर्णय गर्ने हो भने किन बैठकमा बसिरहनुप-यो ?’ प्रमुख प्रतिपक्षको भूमिका कमजोर रहेको आरोप काँग्रेसमाथि छ । काँग्रेसको किचलोले गुटबन्दी थप प्रभावशाली हुने निश्चित छ ।नागरिक दैनिकका अनुसार पौडेलले १३ औँ महाधिवेशन भएको आगामी फागुनमा चार वर्ष पूरा हुने भन्दै यसअघिको निर्णय अनुसार बैठकको अजेन्डामा १४ औँ महाधिवेशनको कार्यतालिका पनि हुनुपर्ने धारणा राखेका थिए । मंसिर अन्तिममा बस्ने केन्द्रीय समितिमा महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने निर्णय भएको स्मरण गराउँदै पौडेलले उपसभापति निधिलाई १४ औँ महाधिवेशन गराउन अब कति समय चाहिन्छ, त्यसबारे पनि कुरा हुनुपर्ने भन्दै छलफलको विषय थप गर्न आग्रह गरेका थिए । निधिले ल्याएको नौबुँदे प्रस्तावसहित सभापति देउवाको कार्यकक्षमा पौडेलसहितका नेताहरु पुगेका थिए । 

नागरिक - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस परेको छ। पार्टीले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरूले नाम टुंगो लगाउन नसकेका हुन्। दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारीमा पु-याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फबाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली सरकारलाई समेत सहयोग गर्ने व्यक्तिलाई सभामुखमा ल्याउन चाहन्छन्। हाल उपसभामुख रहेकी शिवमाया तुम्बाहाङ्फेले पनि सो पदमा दाबी गरेकी छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटर आफू सो पदमा योग्य भएको जनाइसकेकी छन्। पार्टीका विभिन्न नेतासँग पनि उनले छलफल गरेकी छन्। तर पार्टीका दुवै अध्यक्ष उनलाई सभामुख बनाउन तयार नभएको स्रोतले जनाएको छ। उपसभामुख तुम्बाहाङ्फेले पार्टीका कार्यकारी अध्यक्ष दाहालसँग समय मागे पनि उनले समय दिएका छैनन।

कान्तिपुर - नेकपा अध्यक्ष पुष्पकल दाहाल आउँदो आइतबार सुरु हुने स्थायी समिति बैठकमा पेस गर्ने कार्ययोजनासहितको राजनीतिक दस्तावेज तयारीमा जुटेको समाचार छ । पहिलो पटक कार्यकारी अध्यक्षको हैसियतमा पार्टीमा राजनीतिक दस्तावेज पेस गर्ने तयारीमा रहेका उनले प्रधानमन्त्री एवम् अर्का अध्इक्ष केपी शर्मा ओली रनेकपा सचिवालय सदस्य तथा केही स्थायी समिति सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका छन् । शीर्ष नेताबीच कै विवाद नमिल्दा प्रत्येक तीन महिनामा बस्ने भनिए पनि एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक टर्दै आएको थियो । दुई अध्यक्षबीच पार्टी र सरकार सञ्चालनबारे कार्यविभाजन भएपछि स्थायी समिति बैठक बस्न लागेको हो । 

कान्तिपुर - पत्रकार सम्मेलनमा ढिलो पुगेको भन्दै एक समूहले नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलाई बिहीबार दिउँसो सार्वजनिक स्थलमै मरणासन्न हुने गरी कुटपिट गरेको छ । धरान– १२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थामा बचत गर्नेहरु ठगिएको विषयमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा काफ्ले ढिलो पुगेको भन्दै सांघातिक आक्रमण गरिएको थियो । आक्रमणबाट काफ्लेको नाक भाचिएको छ भने दाँया आँखामा गम्भीर चोट लागेको सिटी स्क्यानबाट देखिएको छ । घाइते काफ्लेको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

पुरा पढ्नुहाेस् - https://www.kantipath.com

प्रकासित मिति

Loading...
Loading...

 

Loading...