annapurna add

काठमाडौं । राजधानीबाट साेमवार प्रकाशित पत्रपत्रिकाले विभिन्न आर्थिक, राजनीतिक, समाजिक तथा अन्तराष्ट्रिय क्षेत्रका फरक-फरक विषयलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरेका छन् ।

हिजाेकाे पत्रिकामा : तीन जनामा कोरोनाको आशंका, ‘महराज’को ठगी धन्दा : यसपल्टको लक्ष्य २५ करोड

kantipath patrapatrika ma aaja

लामाको ज्यान लिएका ‘आरोपी’ सापकोटाविरुद्धको रिट सुनुवाई सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि आज सोमबारका लागि पेशी तोकिएको छ ।

sarbachha adalat Nepalese Politician Agni Sapkota dineshन्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा हिजाे पेशी तोकिएको भए पनि सर्वोच्च अदालतकोे न्यायाधीश हुनुअघि सापकोटा विरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले आज मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो । 


वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही माघ १० गते दायर गरेको निवेदनमा संविधान एवं कानूनको गम्भीर उल्लङ्घन हुने जनाउँदै सभामुखका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो ।

निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधिसभा पूर्णरूपमा अमर्यादित हुने भइ अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजलाई कार्य नगर्न नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

प्रतिनिधिसभाले आज सभामुखको निर्वाचन प्रक्रिया पूरा गरी सापकोटालाई सभामुखमा निर्वाचित गरिसकेको भए पनि सो रिट निवेदनको सुनुवाइ भने भोलि सोमबारका लागि तय भएको छ ।

दर्ता गरिएको रिटमा भनिएको छ,

सत्तारुद नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) ले सिन्धुपाल्चोक क्षेत्र १ बाट प्रतिनिधि सभा निर्वाचित भएका अग्नि सापकोटा सापकोटा अहिले पनि कर्तब्य ज्यान जस्तो गम्भीर मुद्दामा काभ्रे प्रहरीको छानबीनमा परेका रहेका व्यक्ति हुन् । सापकोटाबिरुद्ध अर्जुन लामाको कर्तब्य ज्यान मुद्दामा काभ्रे प्रहरीमा जाहेरी दरखास्त परेको छ एवं काभ्रे प्रहरीले निजको निरन्तर खोजतलास गरिरहेको जनाएको छ । निज अग्नी सापकोटा विरुद्ध काभ्रे जिल्लाका अर्जुन बहादुर लामालाई २०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामाको अभिभावक भेला स्थलबाट अपहरण गरी बेपत्ता बनाई सोही सालको श्रावण महिनाको तेश्रो हप्तातिर मृतक आफैलाई नै खाडल खन्न लगाई जिवितै सो खाडलमा पुरी हत्या गरेको सम्बन्धमा मृतक अर्जुन लामाकी श्रीमती पर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको जाहेरी लिई गएकी थिइन् ।

प्रहरीद्वारा उक्त जाहेरी दर्खास्त दर्ता गर्न निरन्तर इन्कार गरे पश्चात सम्मानित सर्वोच्च अदालतद्वारा मिति २०६४ फाल्गुन २२ गते परमादेशको आदेश आदेश जारि गरे पछि मात्रै जिल्ला प्रहरी काभ्रेले उक्त जाहेरी दर्ता गरेको हो । र साथै निज अग्नि सापकोटा बिरुद्द काभ्रे प्रहरीले पक्राउ पुर्जी समेत जारि गरि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, इलाका प्रहरी कार्यालय कात्तिके देउराली र श्यामपाटी प्रहरी चौकीमा पटकपटक पत्र लेखी निज सापकोटालाई उपस्थित गराउन पत्रचार गरेको थियो । तर, पक्राउ गर्न खटिएका प्रहरी कर्मचारीले निज फेला नपरेको प्रतिवेदन दिएका थिए । यसै सम्बन्धमा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्द्वारा निज बिपक्षी बिरुद्दको जाहेरी दर्खास्तलाइ ‘तामेली’ मा राख्ने निर्णय गर्यो । तत्कालिन मन्त्रिपरिषद्को निर्णय विरुद्ध २०६९ मंसिर ७ साम्मनित सर्वोच्च अदालतमा रिट दर्ता भए पश्चात सो रिटमा मिति २०६९/८/११ गते कारण देखाउ आदेश जारि हुनुका साथै मन्त्रिपरिषद्को उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश समेत जारि भएको थियो I उक्त रिट सम्मानित सर्वोच्च अदालतमा हाल सम्म विचाराधीन रहेको छ ।'

गम्भीर अपराधको अनुसन्धान प्रक्रियामा रहेका निजलाई सभामूख जस्तो अत्यन्त गरीमामय पदमा राजनीतिक दल हरुले उम्मेदवार बनाउनु लोकतन्त्रको मन्दिरको रूपमा रहेको संसद्को घोर अपमान हो I संसदले राष्ट्रको आत्मालाइ बाणी प्रदान गर्दछ I यो नागरिकहरुको लोकतान्त्रिक प्रतिनिधित्वको सबै भन्दा सशक्त तथा प्रभावकारी माध्यम हो इ संसद्को छाबि धुमिल हुनु भनेको राष्ट्रको छबि नै धुमिल हुनु हो । तसर्थ प्रतिनिधि सभाको सभामूका पदमा कर्तब्य ज्यान जस्तो मुद्दाको अनुसन्धान वा छानबीनको प्रक्रियामा रहेको व्यक्तिलाइ सभामूक बनाइनु सर्वथा गैरकानूनी, बदनियतपूर्ण, गैरसंबैधानिक तथा लोकतन्त्र तथा विधिको शासनको आधारभूत मूल्य र मान्यता बिपरित रहेकोले सो सम्बन्धि कानूनी उपचार तथा सो लाइ बदर माग गर्न सम्मानीत अदालतको शरण पर्न वाध्य भएको छु ।

रिटमा निम्न माग गरिएको छ :
–अग्नि सापकोटालाई सभामुख पदमा निर्वाचित गर्न जारि भएको सम्पूर्ण प्रक्रिया तत्काल रोकी पाउ तथा निजलाई सभामूख पदमा निर्वाचित नगर्नु भनि आदेश समेत जारि गरि पाउँ

– सापकोटालाई सभामुख पदमा निर्वाचित गर्न जारि सम्पूर्ण प्रक्रिया उत्प्रेषणको आदेश द्वारा बदर गरि पाउँ
सापकोटा बिरुद्ध जाहेरी दर्खास्तमा माग भए बमोजिम कर्तब्य ज्यान मुद्दाको प्रभावकारी अनुसन्धानको लागि तत्काल गिरफ्तार गर्ने नेपाल प्रहरी लगायत सम्बन्धित निकायका नाममा आदेश जारि पाउँ

–यो अत्यन्त गम्भीर प्रकृतिको मुद्दा भएकोले यसको अनुसन्धानको निगरानी एवं सहजीकरणका लागि नेपाल प्रहरी एवं अन्य सम्बन्धित निकायहरुको समन्वयमा एउटा शक्ति सम्पन्न, उच्च स्तरीय विशेष कार्य दल (‘स्पेसल टास्कफोर्स’) को गठन गरि पाउँ

-सो अनुसन्धानको प्रगति बिवरण सम्मानित अदालतमा प्रस्तुत गर्ने समेत बन्दोबस्त मिलाई पाउँ

गोरखापत्र - स्थानीय तहमा निर्वा्चित महिला जनप्रतिनिधि भूमिकाविहीन बन्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वा्चित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका हुन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा वडा समितिले वडाभित्रको योजना तर्जुमा कार्यान्वयन, अनुगमन गर्ने, तथ्याङ्क अद्यावधिक र संरक्षण गर्ने, स्थानीय तहको विकास कार्यमा संलग्न हुने, वडाभित्रका विकास निर्माणको कामको र उपभोक्ता समितिको नियम गर्ने व्यवस्था गरिएको छ । ती कामका लागि वडा समितिले आवश्यकता अनुसार वडा सदस्यलाई जिम्मेवारी प्रदान गर्नुपर्छ । तर अधिकांश वडाध्यक्षले वडा सदस्यलाई जिम्मेवारी प्रदान नगर्दा स्थानीय तहका महिला वडा सदस्य भूमिकाविहीन बनेका हुन् ।

देशका ७५३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहका वडा महिला सदस्य बजेट र कानुन पारित गर्ने बेलामा ताली बजाउँदै साक्षी मात्र हुने गरेका छन् ।

स्थानीय तहमा वडाध्यक्षसहित महिला सदस्य एक जना, दलित महिला एक, दुई जना खुल्ला सदस्य गरी पाँच जनाको वडा समिति हुने कानुनी व्यवस्था छ । गाउँ र नगरसभामा भने सबै वडा सदस्य विधायिकाको भूमिका हुने कानुनी व्यवस्था छ ।

नागरिक - हुम्लामा मौसमी फ्लुका कारण दुई सातामा ७ जनाको मृत्यु भएको छ । जिल्लाका चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा मौसमी फ्लुका कारण रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो । ग्रामीण स्वास्थ्य संस्थामा पर्याप्त औषधी र दक्ष स्वास्थ्यकर्मी नहुँदा मौसमी फ्लु नियन्त्रणबाहिर जान थालेको छ ।

मौसमी फ्लुका कारण मृत्यु हुनेमा चंखेली गाउँपालिका ६ मासिधाराका ४५ वर्षीय मदन शाही, ५० वर्षीय जनुकला शाही, ६५ वर्षीय दतिराम सार्की, ६० वर्षीय गोरी सार्की, ६० वर्षीय पाउरी शाही, सर्केगडा गाउँपालिका ३ उनापानीकी ५५ वर्षीय रंगमल फडेरा र खार्पुनाथ गाउँपालिका ३ रायामाका ३५ वर्षीया चन्दा बुढा रहेको छ ।

पत्रिकामामा नोवल कोरना भाइरस संक्रमण हुने डरका कारण चीनमा रहेका नेपालीहरु उद्दारको पर्खाइमा रहेको र संघीय संसदको सभामुखमा अग्नी सापकोटा निर्वाचित बनेको विषयलाई शीर्ष समाचारका रुपमा प्रस्तुत गरिएको छ ।

अन्नपूर्ण - चीनको उहानमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेको छ । चीनमा हालसम्म कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएको र २ हजार संक्रमित बनेको छ । चीनको पर्यटकीय सहर उहानबाट शुरु भएको नोबेल कोरोना भाइरसको संक्रमण फैंलदो अवस्थामा छ । तिब्बत स्वायत्त प्रदेशबाहेक चीनका सबै प्रान्त, सहर र प्रदेशमा यो भाइरस संक्रमित भेटिएका छ ।

कारोबार दैनिक - कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको सन्दर्भलाई समाचार बनाइएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको पाइएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड र भारतबाट ४३ अर्ब १६ करोड रुपैयाँ रहेको हो । त्यस्तै पत्रिकाले सहकारीका संघ र महासंघमा गैरकानुनी सञ्चालक रहेको छ । 

अन्नपूर्ण । चीनमा सयौंको संख्यामा रहेका नेपाली विद्यार्थी भाइरस आतंकले डराइरहेका छन्। उनीहरूले बेइजिङस्थित नेपाली दूतावाससमक्ष आफूहरु सकेसम्म चाँडो नेपाल फर्कन चाहेको धारणा राखेका छन्। ‘हामीहरू अहिलेसम्म स्वस्थ छौं, जतिसक्दो छिटो स्वदेश फर्कन चहान्छौुं नेपाली विद्यार्थीले भनेका छन्। उनीहरुले सकेसम्म छिटो स्वदेश फर्कने व्यवस्था मिलाइदिने दूतावास समक्ष आग्रह गरेका छन्। 'हामीलाई निगरानीमा राखियोस्, सबै नियम पालन गर्नेछौं तर अहिले यहाँबाट उम्कन चाहन्छौं।' उनीहरुले भनेका छन्। भाइरस सङ्क्रमित भइन्छ भन्ने र तनाबमा नेपाली विद्यार्थी छन्। सबैभन्दा प्रभावित शहर ऊहानसँगै हुपै प्रान्तभित्रका अरू शहरमा सबै किसिमका यातायात निषेध गरिएको छ। जल, हवाइ तथा लामो दूरीका यातायातलाई पूर्ण रूपमा रोक लगाइएको अवस्थामा विद्यार्थीलाई तुरून्तै नेपाल फर्काउन कठिन रहेको नेपाली दूतावास अधिकारी बताउछन्। ऊहानमा रहेका नेपालीहरूले यातायात पूरै बन्द भएका कारण दूतावाससमक्ष स्वदेश फर्कने व्यवस्था मिलाउनका लागि अपिल गरेका छन्। चीनमा उपचार विधि सुलभ र सुविधाजनक भएपनि नेपाल नै फर्कन चाहेका छन्। कोही भने चीनमा नै सही उपचार पाउने भएकाले यतै रहँदा उचित हुने पनि बताउछन्। त्यसै गरी स्वदेश फर्कन पैसा नभएकोले कतिपय विद्यार्थी चाहेर पनि फर्कने अवस्थामा छैनन्। नेपाल सरकार र दूतावासको पहलको आशमा उहानका नेपाली छन्।

उहानबाटै नेपाल फर्किएका एकजना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तको नेपालीले चिन्ता गर्न थालेका छन्। तीन दिनदेखि उहानलाई चीनले सबै यातायातबाट विच्छेद गरेको छ। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले नागरिक दैनिकसँग आफूहरु सुरक्षित रहेको बताएका छन्। उहानमा मात्र सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती दुई वर्षअगाडि चीन आएका हुन्। पहिले क्यान्टिनमा खाने गरेको तर यति बेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफूहरुले पकाएर खाँदै गरेको उप्रेतीले बताए। बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उनले बताए। उप्रेतीले भने, ‘अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन्। विमानस्थलदेखि रेलवे स्टेसनसम्म बन्द छ।’

भक्तपुरका दिनेश सुकमनीले उहान प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका छन्। उनले सोही विश्वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्। उनकी श्रीमती पनि अहिले सोही विश्वविद्यालयमा व्यवस्थापनमा विद्यावारिधि गरिरहेकी छन्। वसन्त चाडको बिदा भए पनि विश्वविद्यालयले समयसमयमा इमेल गरेर सचेत गराउने गरेको र बाहिर ननिस्कन भनेको दिनेशले बताए। सुपरमार्केट र सामान्य पसल पनि बन्द रहेकाले तरकारीलगायतका अत्यावश्यक उपभोग्य वस्तु महँगो भएको उनले सुनाए। उनले भने, ‘भ्रामक समाचारले दुःख दिँदोरहेछ। झ्यालबाहिर लुगा सुकाएको थिएँ। एउटा विदेशी साथीले अब त्यो लुगाबाट संक्रमण हुन्छ भनेर डर देखायो र फेरि मैले लुगा धोएँ।’ कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्। झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यसप्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ। विभिन्न विदेशी सञ्चारमाध्यमले पनि अवस्थालाई बढाइचढाई गरेर उछालेको भन्दै चीनले सचेत गराएको छ।


झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको कान्तिपुर दैनिकमा समाचार छ । सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट (सम्झौता) को एजेन्डा प्रतिनिधिसभामा कसरी अघि बढ्छ भन्ने चासो छ । सरकारले भने एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद्देश्यसहित संसद्मा‘संकल्प प्रस्ताव’ ल्याउने विकल्पतर्फ छलफल थालेको छ ।

यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसीसी सम्झौता अघि बढाउने सन्दर्भमा असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका थिए । नेकपाभित्र पूर्वमाओवादी पक्षले एमसीसीप्रति संशय प्रकट गरिरहेको पृष्ठभूमिमा त्यही धारको प्रतिनिधित्व गर्ने नवनियुक्त सभामुख सापकोटाको भूमिकालाई पनि चासोका साथ हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब एमसीसी सम्झौता संसद्को प्रक्रियामा प्रवेश भइहाल्ने जानकारी दिए । एमसीसीसँग सम्बन्धित परियोजनाहरू अर्थ मन्त्रालयमार्फत अघि बढाउने प्रक्रिया सुरु भइसकेकाले पनि अब संसद्बाट अनुमोदन गर्ने कार्यमा ढिलाइ गर्न नहुने सरकारको धारणा छ । यसलाई लिएर सत्तारूढ दलभित्र उब्जेको विवाद भने साम्य भइसकेको छैन । त्यही विवाद मत्थर पार्न ‘संसद्मा संकल्प प्रस्ताव पेस गर्ने’ विकल्पतर्फ सरकारले छलफल अघि बढाएको हो । जानकार स्रोतका अनुसार एमसीसीलाई लिएर उठेका प्रश्नलाई जवाफ दिने गरी संसद्मा संकल्प प्रस्ताव पेस गर्ने, त्यसमाथि छलफल गर्ने र त्यो पारित भएपछि एमसीसी सम्झौतालाई अघि बढाउने योजना छ । संकल्प प्रस्तावमा नेपाल कुनै सैन्य गठबन्धनमा सामेल नहुने, मुलुकको सार्वभौमसत्ता र अखण्डतामा असर पार्ने गरी सहयोग नलिने, असंलग्न परराष्ट्र नीतिअनुसार चल्नेजस्ता बुँदाहरू हुनेछन् ।

गृहमन्त्रालयले अध्यागमनमा अमेरिकी सफ्टवेयर हटाएर बायोमेट्रिक्स सहितको नेपाली पोर्ट नामक आफ्नो सफ्टवेयर राखेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

अध्यागमन विभागले सबै नाकामा यो सफ्टवेयर परीक्षण गरिरहेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार अपरान्ह उद्घाटन गरेपछि अध्यागमन नाकामा अत्याधुनिक बोर्डर कन्ट्रोल सिस्टम कार्यान्वयनमा आउनेछ । नेपाली पोर्ट अत्याधुनिक बोर्डर कन्ट्रोल प्रणाली हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली जोडिनेछ । अध्यागमनमा बायोमेट्रिक्स लागू भएसँगै यात्रुको तस्विर र हस्तरेखा रेकर्ड हुनेछ । यसले यात्रुको आँखानको नानी (रेटिना) समेत पढ्न र त्यसको रेकर्ड राख्न सक्नेछ । नेपाली पोर्ट लागू भएसँगै अध्यागमनमा संदिग्ध व्यक्तिले गर्न लागेको यात्राको सहजै विश्लेषण गर्न सकिन्छ ।

व्यवसायी तथा पूर्वसभासद् इच्छाराज तामाङको सम्पत्ति छानबिनका लागि रोक्का भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत बिहीबार उनको नाममा रहेको अधिकांश सम्पत्ति रोक्का राख्न विभिन्न निकायलाई पत्राचार गरेको छ । सत्तारुढ नेकपानिकट व्यवसायी तामाङ सिभिल बैंकका अध्यक्ष र सिभिल होम्सका सञ्चालक हुन् ।

उनले सिभिल सहकारीसमेत चलाउँदै आएका छन् । उनको केही बैंक खाता पनि रोक्का गरिएको छ । विस्तृत अनुसन्धानको क्रममा मुद्दा नै चलाउनुपर्ने अवस्था देखिएकाले सम्पत्ति रोक्का राखिएको स्रोत बताउँछ । विभागले उनलाई बयानका लागि बोलाउने तयारी गरेको छ । गत असोजदेखि तामाङमाथि विभागले अनुसन्धान अधिकृत नै तोकेर विस्तृत अनुसन्धान थालेको हो । उनको धेरै सम्पत्तिको स्रोत खुल्ने आधार नभेटिएपछि रोक्का राखिएको विभागका एक अधिकारीले बताए । हालसम्मको छानबिनमा उनीसँग करिब ६० करोडबराबरको सम्पत्ति भेटिएको स्रोत बताउँछ । विभागको अनुसन्धानमा सहकारीको ९० प्रतिशतभन्दा धेरै रकम नियमविपरीत आफ्नो कम्पनीको नाममा लिइएको पाइएको छ । सहकारीकै अनियमितताको विषयमा परेको उजुरीउपर छानबिन सुरु गरी विभागले विस्तृत छानबिन अघि बढाएको हो । विभाग स्रोतका अनुसार विभिन्न २४ वटा कम्पनीमा उनको लगानी देखिएको छ । सिभिल होटेल, सिभिल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी, कोत्से भैरव बहुउद्देश्यीय कम्पनीलगायत कम्पनीको सेयरसमेत रोक्का राखिएको छ ।

प्रदेश १ सभा सदस्य गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी छन् । तत्कालीन एमालेबाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध उक्त मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत विराटनगरले सदर गरेको कान्तिपुर दैनिकमा समाचार छ । खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेका थिए। गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्त्ता गराएका थिए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर