annapurna add

mahara vs ktकाठमाडौं । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् ।

पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो ।

‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ। केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको मर्यादा राखेको छु। पदको दुरुपयोग गरेको छैन भन्नुभएको छ । आफूलाई फसाउन राजनीतिक षड्यन्त्र रचिएको भनाइसमेत छ ।’

महराले बयानमा जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै सामान्य प्रकृतिको व्यक्ति रहेको कुरा राखेका छन् । ‘उहाँले आफूमाथि लगाइएको अभियोग झुटा हो भन्नुभएको छ । राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो, ‘आफूलाई फसाइएको हो भन्नेमै उहाँको जोड छ ।’

महरालाई बला,त्कार प्रयासमा सात वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । अन्नपूर्ण

थप समाचार 

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव 

‘भीआईपी यौन काण्ड’: महराको बहस आज, जेल जान्छन कि घर ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...