MAHARA NEPAL KANTIPATHNEWSअधिवक्ता स्वागत नेपालले पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रधानमन्त्री र राष्टपती बन्ने योग्यता बनाउँन हिरासतमा राखिएको दावी गरेका छन् । अहिलेको व्यवस्थामा यस्तै मान्छेहरुनै राज्य चलाउँने ठाउँमा पुग्ने भन्दै नेपालले महरालाई पनि प्रधानमन्त्री बन्ने योग्यता बनाउँनैकै लागी हिरासतमा राखिएको दावी गरेका छन् ।

ओटीभी नेपाल डट कमको ओटीभी विशेषका लागी कुराकानी गर्दै अधिवक्ता नेपालले महरालाई सुनपानी छर्किए।र चोख्याउँन सत्तारुढ नेकपानै लागी रहको बताएका छन् ।

महराले बला*त्कार गरेकोआरोप लगाएकी रोशनी शाहीले पटक पटक बोली फेरिरहेको बिषयमा प्रश्न गर्दा अधिवक्ता नेपालले अब रोशनीले जती बोली फेरेपनि त्यसको कुनै अर्थ नहुने बताए । शाहीले आफ्नो बोलीले आफ्नै बोलीलाई पटक पटक काटेको भन्दै अब उनको बोलीलाई मात्र अदालतले आधार नमानेर अन्य प्रमाणहरु हेर्ने बताए ।

प्रहरीले जवर्जस्ती जाहेरी दिन लगाएको भन्दै फेरी बोली फेरेकी रोशनीलाई नै अदालतले जे*ल हाल्ने आदेश दिन सक्ने पनि अधिवक्ता नेपालले बताए । यो केसमा अदालतले विज्ञ समुह गठन गर्न सक्ने भन्दै उनले तर त्यसो नगरेर महराालाई निर्दोष सावित गरेर बाहिर ल्याउँने खेल सुरु भएको बताए ।

उनले भने अवको केहि दिनमै महरा जि निर्दोष सावित भएर जेल बाट छुट्छन् र भोलीपल्टै बाट उनको जयजयगान सुरु ह्न्छ यति इमान्दार मान्छेलाई फासाउँन नेपालमा कस्तो षड्यन्त्र हुन्छ भनेर नेकपाकै कार्यकर्ताले बजार पिट्नेछन् । यहि योग्यताको आधारमा महरालाई प्रधानमन्त्री र राष्ट्रपती बनाइने छ , उनले भने ।

 ( ओटीभी नेपालबाट )

प्रकासित मिति

Loading...
Loading...

 

Loading...