1478958692 banner ad format

 
 

sanu 1हेटौडा, प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले तीन नम्बर प्रदेशमा साक्षरता प्रतिशत धेरै रहे पनि मानव बेचबिखनको मात्रा अरु प्रदेशमा भन्दा धेरै रहेको बताएका छन् । हेटौडामा भएको मानव अधिकारमुखी विकास पद्धति विषयक एक दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले मानव बेचबिखनको अवस्थामा प्रदेश तीन कमजोर रहको बताए । 

‘तीन नम्बर प्रदेशमा साक्षरता पनि धेरै छ,’ उनले भने,‘मानव बेचबिखन लगायतका आपराधिक घटना पनि यहि हुने गर्छ । यसमा सबै पक्ष गम्भीर हुनु जरुरी छ ।’ र्काक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले मानव अधिकारको कुरा गरिरहँदा सर्वप्रथम मानव बिकासमा जोड दिनु पर्ने बताए । कार्यक्रममा बोल्दै प्रदेस तीनका मुख्य सचिव आनन्दराज ढकालले विकासको प्राथमिकताको आधार मानव बिकास भएको बताए । विकासको काम सरकारले मात्र गर्ने नभइ सरकारले सहजीकरण गर्ने र जनता आफैले पनि लागि पर्नु पर्ने उनले बताए । ‘विकास भन्ने कुरा सरकारले मात्र गरेर हँुदैन,’ उनले भने,‘हामी स्वयम् पनि लाग्नु पर्छ । अनि मात्र बिकास सम्भब हुन्छ ।’ यसैबीच आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आसार एक गते आउने बजेटमा मानव अधिकार रक्षाका निम्ति धेरै कार्यक्रम समेटिएको बताए । मानव अधिकारको आधारबाट बजेट पूर्ण लोकतान्त्रिक हुने बताउँदै उनले कर्तव्य र अधिकारलाइ सँगसँगै लैजानु पर्नेमा जोड दिए ।


भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आफ्नो मन्त्रालयबाट मानब अधिकारको क्षेत्रमा गर्न सकिने कामहरु गर्ने बताए । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रमलाई मुख्य मन्त्री तथा मन्त्री परीषदको कार्यालय हेटौडाले समन्वय गरेको थियो ।
कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीन नम्बर प्रदेशका मन्त्रीहरु, मानवअधिकारकर्मी लगायत जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 

प्रकासित मिति

Loading...