1478958692 banner ad format

 
 

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका रामचन्द्र झा र रामकुमार शर्मालगायत नेता आइतबार माओवादी केन्द्र प्रवेश गरेका छन् ।

Maoist Center Vs Naya Shakti

उनीहरु यसअघि माओवादी केन्द्र छाडेर भट्टराईको नयाँ शक्ति पार्टीमा सक्रिय थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आईतबार उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

विप्लव समूहका महेन्द्र केसीसहित नेताहरु पनि केन्द्र फर्केका छन् । नयाँ शक्ति छाडेका देवेन्द्र पौडेललगायत भट्टराईका मुख्य सहयोगीहरुसमेत माओवादी केन्द्रमै फर्कदैं छन् । त्यही क्रममा आइतबार नयाँ शक्ति केन्द्रीय परिषद्का २०६ जनाले पार्टी छाडेका छन्

पार्टी प्रवेश गर्ने प्रायः सबै नेता तत्कालीन एकीकृत नेकपा माओवादी हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood