annapurna add

MCC americaअमेरिकाले एमसीसी सम्झौता संशोधन गर्ने अस्विकार गरेको छ । उसले एमसीसीको मूल सम्झौता संशोधन नगर्ने अडान राखेको जनाईएको ।  एमसीसी सम्झौता परिमार्जनपछि मात्र अनुमोदन गर्ने  नेपालको प्रस्ताव अमेरिकी अधिकारीहरूले अस्विकार गरेका हुन् ।

एमसीसीबारे सरकार र अमेरिकी अधिकारीहरूसँग भएको छलफलमा उनीहरु एमसीसीको सहायक सम्झौता परिमार्जनमा भने सकारात्मक देखिएका छन्।

अमेरिकी कंग्रेसका सदस्य अमी बेरा नेतृत्वको टोलीले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, अध्यक्ष प्रचण्ड, अध्ययन टोलीका संयोजक झलनाथ खनाल तथा सदस्यद्वय प्रदीप ज्ञवाली र भीम रावल, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रमुख प्रतिपक्षी दलका नेता र सरकारी अधिकारीलाई भेटेर सम्झौता परिमार्जनबारे अमेरिकी धारणा राखेका हुन् ।

अधिकारीहरूले नेपालको कानुनसँग नमिल्ने विषयलाई आफुहरुले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्।  सहायक सम्झौतामा संशोधन गर्ने र मूल सम्झौता केही नगर्ने संकेत अमेरिकाले दिएको छ । यसपछि अबको रणनीति कस्तो हुने भन्नेमा छलफल सुरु भएको श्रोतले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर