1478958692 banner ad format

 
 

कुश्मा । पर्वतको फलेवास नगरपालिका ४ साविकको मुडिकुवा ६ सिर्सुवाका मेघराज भुसालको काठमाडौंमा हत्या भएको छ। भुसालको एक महिलाको प्रयोग गरी हत्या भएको हो। राजधानीमा एक एयरलाइन्समा जागिरे रहेका भुसालले लगानी गरेको कृषि फर्ममा काम गर्ने कामदारले हत्या गरेकी हुन्।

Megnath bhusal

ललितपुरको साविकको गिल्मी गाविसकी ४२ वर्षीया कान्छीमाया भनिने फुलमाया तामाङले भुसाललाई कोखामा छुरीले हानेर हत्या गरेको खुलेको छ। तामाङले आफैँ हत्या गरेको भन्दै प्रहरी कार्यालय भैँसेपाटीमा पुगेर बताएकी थिइन्।

प्रारम्भिक बयानमा तामाङले आफूलाई बलात्कारको प्रयास भएकाले प्रतिकार गर्दा भुसालको मृत्यु भएको बताएको अनुसन्धान गरिरहेका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood