hridyas tripathi mantri kantipathआज मात्र सपथ लिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुबै समस्या रहेको बताएका छन्। पदभार ग्रहण गर्दै उनले निजामती प्रशासनमा रहेका समस्यालाई सच्याउने बताएका हुन्।

त्रिपाठीले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि कम गर्ने भन्दै आफ्नो कार्यशैलीअनुसार सबैले आफुलाई सघाउने विश्वास व्यक्त गरे । मन्त्री त्रिपाठीले भने, ‘म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु।’

उनले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताए।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...