1478958692 banner ad format

 
 

जेल सुरक्षाका लागि खटिएका मोरङमा कार्यरत एक प्रहरी हवल्दार आफै जेल चलान भएका छन् । जिल्ला कारागार मोरङ विराटनगरमा लागु औषधको मुद्दामा कैद भुक्त्तान गर्दै आएका उर्लाबारी – ७ घर भएका कैदी उमेशकुमार चौधरीको लोभमा परेर यौन चाहना पूरा गर्न खोज्दा कागारको सुरक्षामा खटिएका प्रहरी हवल्दार अशोककुमार शाह आफै कैदी भगाएको आरोपमा जेल जानु परेको हो ।

मोरङ कागारमा तीन बर्षदेखि कैद भुक्त्तान गर्दै आएका चौधरी आँखाको उपचार गर्ने बाहनामा १५ माघमा कारगारबाट हवल्दार शाहको रोहवरमा बिराटनगर स्थित कोशी अञ्चल अस्पताल आएका थिए ।बाहिर आएपछि अस्पताल जान छाडेर हवल्दार शाहको मिलेमतोमा नजिकैको लजमा कोठा बुक गरेर भाडाकी युवतीसँग कैदी चौधरीले यौन प्यास मेटाएका थिए ।

आफूले यौन प्यास मेटाएपछि उनले आफ्नो साथमा आएका हवल्दार शाहलाई पनि यौन सम्पर्क गर्न पठाएर आफू भने फरार भएका थिए ।अक्षभ्य गल्ति गरेको आरोपमा मोरङ प्रहरीले हवल्दार शाहलाई कारगार ऐन अन्र्तगत कैदी भगाएको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि मोरङ कारागार चलान गरेको छ ।

मोरङका एसपी अरुण बिसीले संगठनको आचारण बिपरित काम गरेकोले हवल्दार शाहलाई निलम्बन गरि पुर्पक्षका लागि मोरङ कारागार पठाएको र कारागारको कमाण्ड गर्ने असई हरिबहादुर कार्कीलाई निलम्बन गरेको बताए ।

दश दिन पछि पक्राउयौन चाहनाको लोभ देखाउँदै प्रहरीलाई झुक्याएर भागेका लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका कैदी चौधरीलाई मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी काठमाडौंबाट पक्राउ गरेको छ । कैदी चौधरीले अझै दुई बर्ष कैद सजाय भुक्त्तान गर्न बाँकी नै छ ।source:livenepal

 

प्रकासित मिति

Loading...

 

ताजा खबर