1478958692 banner ad format

 
 

बनेपा। बनेपा नगरपालिकामा रहेका जनआन्दोलनका गम्भीर घाइते तथा ज्यूँदो सहिद मुकेश कायस्थलाई आज सम्मान गरिएको छ । उनको निवास पुगेर गणतन्त्र दिवस आयोजक जिल्ला समितिबाट सम्मान गरिएको हो । 

Mukesh Kayastha

बाह्र वर्षदेखि अर्धचेत अवस्थामा रहेका मुकेशलाई प्रम्ख जिल्ला अधिकारी शिवप्रसाद सिङ्खडा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी कोमल धमला र धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले संयुक्त रुपमा सम्मान गरेका थिए । 

सो अवसरमा मुकेशकी आमा मिरा कायस्थले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै नियमित जाँचका लागि चिकित्सकको व्यवस्था गर्न अनुरोध गरेकी थिइन् । जनआन्दोलका क्रममा मुकेश प्रहरीको गोली लागेर गम्भीर घाइते हुनुभएको थियो । यसअघि प्रभातफेरी आयोजना गरिएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood