1478958692 banner ad format

 
 

जनकपुरधाम - जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ।

Murder rape
साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्।

मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए ।

पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

प्रकासित मिति

Loading...

 

yummyfood