1478958692 banner ad format

 
 

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण बिहीबार दिनभर यातायात अवरुद्ध हुने भएको छ । 

Naryangadh Sadak

नारायणगढ–मुग्लिन सडक आयोजना इञ्जिनियर शिव खनालका अनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए । 

सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो । सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । उक्त सडकको झन्डै दर्जन ठाउँमा पहिरो खसेपछि बिहानबाट सडक अवरुद्ध भएको हो ।

जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक/एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो । 

पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् ।

 

प्रकासित मिति

Loading...

 

yummyfood