annapurna add

narayankaji 5 kandaनारायणकाजी श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता हुन । उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा समेत आफ्नै पार्टीका प्रधानमन्त्रीसँग असहमति प्रकट गर्दै सार्वजनिक पत्रकार सम्मेलन गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पार्टी महाधिवेशनस्थलमा पनि पत्रकार सम्मेलनबाटै फरक मत राख्ने ब्यक्ति हुन् । राष्ट्रियताका मुद्धामा भन्दै उनले पार्टीमा पटक पटक राखेका फरक मतलाई कतिपयले स्टन्ट देखाएर चर्चामा आउने दाउ भनेर समेत आलोचना गर्छन् ।

पार्टी भित्रै पनि जनयुद्धको ब्याज खान आएको भनेर आलोचित हुने गरेकाभएपनि नारायणकाजी श्रेष्ठले आफ्ना कुरा अडिगरुपमा सधैँ स्पष्टरुपमा राख्छन्, सार्वजनिकरुपमै राख्छन् । पछिल्लो समयमा नारायणकाजी करिव छ महिना मौन बसेर मुख खोलेको र सार्वजनिक सवारीको प्रयोग गरेर चर्चामा छन् ।

१४ बर्षको उमेरदेखि राजनीतिमा होमिएका नारायणकाजी पब्लिक युथ कलेजको स्ववियु सभापतिदेखि देशको पराराष्ट्र र उपप्रधानमन्त्रीसम्म बनेका नेकपा भित्रका छैठौं रोलक्रमका विरालकोटिका नेता हुन् । सामान्य परिवारका तर राजनीतिक पृष्ठभूमि भएका गोर्खाली नारायणकाजी कांग्रेस नेता चीनकाजी श्रेष्ठका एकाकोखका भाइ हुन ।

चीनकाजी पूर्व कम्युनिस्ट कार्यकर्ता हुन् भने नारायणकाजी पूर्व कांग्रेस कार्यकर्ता हुन । दुई ध्रवमा राजनीतिको कित्ताकाटमा रहेपनि दाजुभार्इ बीच पारिवारिक खटपट छैन भन्छन यिनीहरुलाई नजिकबाट चिन्नेहरू । पारिवारिक वातावरण बेदखल रहनु उच्च लोकतान्त्रिक संस्कार र आदर्श नमुनाको रुपमा लिने संस्कार हो । वीपी कोइरालासंग सबाल जबाफ गर्दा बीपीले दिएको उत्तरसँग असहमति जनाउदै कांग्रेस राजनीति छोडेर बाम राजनीतिको यात्रातय गरेका श्रेष्ठ तीन पटक राजकाज मुद्दामा जेल गएका छन । पैतृक सम्पतिको रुपमा गाउँ गोरखामा केही रोपनी पाखो बारी रहेको र सो पनि पार्टी उपभोगको लागि २०५७ तिरै पार्टीलाई दिएको उनको कथन छ ।

घरभाडा, खाना खर्च, पार्टी कार्यक्रममा देशका बिभिन्न भागमा जाँदाको खर्च, गाडी भाडा लागायत उनका आधारभूत आवश्यकता पार्टीले पुरा गरिदिन्थ्यो । यस मानेमा उनी सच्चा कम्युनिस्ट सिद्दान्तका अनुयायी हुन सक्थे, महँगो कोसेली उपहार स्वीकार नगर्ने श्रेष्ठ समान्य कपडा, थोरै मूल्यका उपहार साथीभाइसँग स्वीकार गरेर आफ्नो जीवनयापन सहज बनाउने गर्छन तर सबै कुरा सार्वजनिक खपतका लागि मात्र हो भन्ने कुरा विभिन्न घटनाहरुले पुष्टी गर्छन, केहि समय अघि उनि टेम्पोमा हिड्ने गर्थे तर पार्टी अध्यक्ष प्रचण्डले आफु चड्दै आएको गाडी दिएपछि उनि फुरुक्क भए ! हेरौ उनै नारायणकाजीका पाँच चर्चित काण्ड :


१. सर्वहारा देखिन टेम्पो प्रयोग : प्रचण्डले गाडी दिएपछि फुरुक्क

‘पार्टीको नीति सर्वहारा, नेताको ब्यवहार पुजीपति भयो’ भन्दै एक बर्षदेखि सार्वजनिक यातायातमा सवार हुँदै आएका तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गाडी रोजेका थिए । उनले लाजिम्पाट पुगेर प्रचण्डको गाडी आफु चड्न लिएका थिए । ‘दुई महिनादेखि उहाँले गाडी मागी रहनुभएको थियो, अन्तत लिएर जानु भयो’ स्रोतले भन्यो ।

प्रचण्डसँग दुई वटा गाडी थिए । एउटा अध्यक्षका हैसियतमा पार्टीले दिएको र अर्काे उच्चस्तरिय राजनीतिक सयन्त्रको संयोजकको हैसियतमा सरकारले दिएका दुई गाडी थिए । तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएलगतै उनी सरकार सञ्चालन राजनीति समितिको संयोजक बनेका थिए । संयोजकका हैसियतमा उनी सरकारी गाडी चढेका थिए ।

एकीकृत नेकपा माओवादीले अध्यक्षका हैसियतमा दिएको बा १० प ५७९८ नम्बरको महेन्द्रा कम्पनीको भिआईपी लक्झरी गाडी थियो । सरकारले गाडी दिएदेखि प्रचण्डको गाडी निवास लाजिम्पाटमा थन्किएको थियो । थन्किएको त्यही गाडी सोमबार साँझ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लिएका थिए ।

नारायणकाकाजी श्रेष्ठले पार्टीको नीति सर्वहारा नेताको ब्यवहार पुजीपति भयो भन्दै एक बर्षदेखि सार्वजनिक यातायातमा आवत जावत गर्दै आएका थिए । सार्वजनिक यातायातमा आवत जावत गर्दा अराजक अभिब्यक्ति र गतिविधी गर्ने एक गाडीका सहचालकलाई प्रहरीको जिम्मा समेत लगाएका थिए । तर उनको लोभी पापी हृदय बुझेर नै प्रचण्डले तुरुप हालेको श्रोत बताउछ, नत्र पहिला आफु सर्वहारा बनेर अरुलाई जिस्काउने नारायणकाजी किन नयाँ गाडी पाएपछि फुरुक्क ?

सार्वजनिक यातायातमा लामो समय यात्रा गरेपछि थकित भएका श्रेष्ठले दुई महिनादेखि प्रचण्डसँग गाडी मागिरहेका थिए । प्रचण्ड निवासमा थन्किएको गाडीमाथी उनले आँखा लगाएका थिए । अन्तः उनले प्रचण्ड चड्ने गाडी लिएरै गए । नारायणकाजी श्रेष्ठले सार्वजनिक गाडी चड्दै आएपनि उनकी स्वकीय सचिव सुशान कर्मचार्यले भने ८० लाखको सुविधा सम्पन्न गाडी चड्दै आएका थिए ।

२. सार्वजनिक खपतका लागि डा. केसी समर्थन : राजिनामा स्वीकृत नगर्न जोरजुलुम

गत साउन ७ गते बसेको नेकपा सचिवालयको बैठकमा गोविन्द केसी प्रकरणले छलफलमा प्रवेश पायो । प्रवेश पाएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैबाट गोविन्द केसीलाई उचालेको आरोप लगाए। ओलीले गंगामायाको अनसन प्रकरण पनि त्यसमा जोडे । आफ्नो चीन भ्रमण अघि नै गंगामाया अनशन तोडन तयार भए पनि पार्टी भित्रैबाट उनलाई पनि उचालेर लम्बाएको गुनासो प्रधानमन्त्रीको थियो।

त्यो श्रृखंला चल्दै जाँदा प्रवक्ता नारायाकाजीले अनसनमा बसेका डा.गोविन्द केसीलाई भेटेर ठीक नगरेको भन्दै श्रेष्ठको आलोचना गर्न थाले । श्रेष्ठले भने कसैको उक्साहटमा नभई मानवीय हिसावमा केसीलाई भेटेको भन्दै आफ्नो बचाउ गरे । उनले केसीको जीवन रक्षा गर्ने र अनसन तोडाउने पार्टीको नीति अनुसार नै भेटेको दावी गरे। उनले प्रवक्ता भनेको कसैले बोल नबोल, उठ-बस गराउने पद नभएको बैठकमा दावी गरे।

प्रधानमन्त्री ओलीपछि अध्यक्ष प्रचण्ड पनि श्रेष्ठतर्फ नरम तरिकाले खनिए। उनले त्यसरी भेट गर्नु राम्रो नभएको भन्दै असन्तुष्टि पोखे। आफुले बचाउको आशा गरेका अध्यक्ष प्रचण्ड पनि आफु तर्फ खनिएपछि श्रेष्ठले बैठकमा रहेको एउटा चिर्कटोमा मलाई अब यो प्रवक्ता चाहिएन भन्दै राजीनामा ओली प्रचण्डको अगाडि राखि दिए । अनि त्यहाँबाट टाप कसे। श्रेष्ठलाई ओली र प्रचण्डले सम्झाउने प्रयास गरेका थिए। तर उनले कुनै कुरा सुनेन्।

आफु निकटका नेता तथा कार्यकर्तासँग आफुले कुनै हालतमा राजीनामा फिर्ता नलिने बताउदै आएका थिए । सार्वजनिक खपतका लागि बारम्बार यस्ता हत्कण्ठ अपनाउने नारायणकाजी स्वयंले राजिनामा स्वीकृत नगर्न प्रचण्डलाई बिन्ति गरेका थिए, जुन राजीनामाको ढोंग फेस सेभिङ्गका लागि मात्र थियो !

३. बाबुरामलाई बाम गठबन्धनबाट हटाऊन गोरखामा चुनाव लड्ने जिद्दी

वाम गठबन्धन बन्दै गर्दा नयाँ शक्तिको अभियान चलाएका बाबुराम भट्टराई पनि सोही गठबन्धनमा आए । टिकट बाँड्ने बेलामा भट्टराईले आफूले जित्दै आएको गोरखा क्षेत्र नम्बर दुईलाई रोजेका थिए । उनले कुनै पनि हालतमा सो क्षेत्र छोड्न चाहेनन् । तर वाम गठबन्धनका नारायणकाजी श्रेष्ठले पनि सोही क्षेत्रमा दावी गरे ।

अन्तत भट्टराई सोही कारणले गर्दा गठबन्धनबाट बाहिरिए । भट्टराईले श्रेष्ठलाई गोरखाको क्षेत्र नम्बर एकबाट चुनावव उठ्न सुझाव दिएका थिए । तर श्रेष्ठले बाबुरामलाई पेलेर जाने धारणा राखे । माओवादीमा दोस्रो बरियतामा रहेका चु्नावी प्रतिस्पर्धामा भने बाबुरामलाई रोक्न सकेनन् । उनको यो रणनीति जसरी भएपनि बाम गठबन्धन बाट हटाउनुमा केन्द्रित थियो किनभने बाबुराम गठबन्धनमा उनिभन्दा स्वत सिनिएर हुने थिए !

४. राष्ट्रियसभामा जान लोभ : अर्थमन्त्रीमा गिद्दे दृष्टि

माघ नौ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले बनाएका उम्मेदवारहमध्ये सबैभन्दा चर्चित व्यक्ति हुन्, नारायणकाजी श्रेष्ठ । अहिले सत्तारुढ दल नेकपा सचिवाल सदस्य मात्रै होइन, प्रवक्तासमेत हुन् । अर्को रोचक पक्ष के हो भने श्रेष्ठ प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित उम्मेदवार हुन् । अर्थात उनलाई जनताले अस्वीकार गरेका थिए । पदको लोभकै कारण अन्तत उनी पनि राष्ट्रियसभा सदस्य बन्ने लगभग पक्कापक्की जस्तै भएको छ । रिक्त रहने अर्थमन्त्रीको ठाउँमा उनि उपप्रधान सहित अर्थमन्त्रि बन्न लबिङ्ग गरिरहेका छन् !

२०७४ साल मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईबाट पराजित भएका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइएको छ । तत्कालिन नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग श्रेष्ठ ६ हजार ८७४ मतान्तरले पराजित भएका थिए । तत्कालिन माओवादी केन्द्रका नेता श्रेष्ठको पराजयले बाम गठबन्धनलाई ठूलै धक्का लागेको थियो । प्रतिनिधिसभामा पराजित भएपछि त्यसबेलादेखि नै श्रेष्ठलाई राष्ट्रियसभामा लैजाने चर्चा थियो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्न पाउने तीन सदस्यभित्र श्रेष्ठलाई राखिन्छ भन्ने अनुमान थियो । तर त्यसबेला श्रेष्ठले नै इच्छा देखाएनन् । २०७५ साल जेठ तीन गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भयो । एकतापछि ९ सदस्यीय सचिवालय गठन भयो । श्रेष्ठलाई सचिवालय सदस्यसँगै प्रवक्ताको जिम्मेवारी दिइयो ।

२०७५ साल साउन १६ गते श्रेष्ठले नेकपाको प्रवक्ता पदबाट राजीनामा दिएका थिए । त्यसबेला प्राडा गोविन्द केसीको अनसनको समर्थनमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठकमा स्पष्टिकरण मागेपछि श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । तर उनको राजीनामा स्वीकृत भएन । पछि प्रवक्तामै कायम रहे । प्रवक्ताको रुपमा रहँदै आएका श्रेष्ठलाई नेकपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ । श्रेष्ठको जित सुनिश्चित जस्तै हो । तर यसअघि श्रेष्ठले आफूलाई जनप्रतिनिधिले अस्वीकार गरेकाले कुनै पनि लाभको पद नलिने अभिव्यक्ति दिएका थिए । उनै श्रेष्ठले कम्युनिष्ट पार्टीभित्र पद, पावर र पैसाको पछि लाग्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्ने गर्दथे । तर जनताले पराजित गरेको विर्सेर राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न तयार भए ।

५. मेडिकल संचालक दुर्गा प्रसाईंसंग २० करोड मागेको आरोप

झापास्थित प्रस्तावित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धनका लागि चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसित २० करोड घुस मागेको आरोप लगाएका छन् । राजधानीमा पत्रकारसम्मेलन गर्दै प्रसाईंले उपाध्यक्ष गिरीमाथि यस्तो आरोप लगाएका हुन् ।

प्रसाईंले १५ मंसिरमा आफू आयोगमा सम्बन्धनको निवेदन दिन जाँदा निवेदन लिन अस्वीकार गरी साँझ द्वारिका होटद्वलमा बोलाएर डा. गिरीले घुस मागेको बताए । प्रसाईंका अनुसार गिरीले आफूले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पैसा दिनुपर्ने भन्दै घुस मागेका थिए ।

गिरीले २० करोड वा १० प्रतिशत सेयर आफ्नो आफन्तको नाममा ट्रान्सफर गते मात्र सम्बन्धन दिन सक्ने बताएको प्रसाईंको दाबी छ । प्रसाईंले यसबीचमा आयोगले मापदण्ड नबनाई सिटिइभिटीअन्तर्गत सम्बन्धन बाँडेको तर आफूलाई सम्बन्धन नदिएको भन्दै दुःख व्यक्त गरे ।

गिरीले घुस मागेपछि आफूले भोलिपल्टै नेकपाका अध्यक्ष प्रचण्डलाई सोको जानकारी गराएको समेत प्रसाईंले खुलासा गरे । ‘यत्रो २० करोड मैले कहाँबाट दिने ? प्रसाईंले भने, ‘१–२ करोड भए हेर्न सकिन्थ्यो, यत्रो पैसा कसरी डाइभर्ट गर्न सकिन्छ ?’ पैसा दिन नसके आफ्नो सम्धीको नाममा मेडिकल कलेजको १० प्रतिशत सेयर नामसारी गरिदिन डा. गिरीले भनेको प्रसाईंले बताए । ‘गिरीले सम्धीको नाममा सेयर पास गरिदिए मात्र सम्बन्धन दिन्छु भने,’ प्रसाईंले भने ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर