annapurna add

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन सम्वाद भएको छ।

kp oli and narendra modi kantipath newsदक्षिण एसियामा कोरोनाले महामारीको रुप लिन लाग्दै गर्दा दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसँग टेलिफोन संवाद भएको पुष्टि गरेका छन्।

उनले कोरोनाविरुद्धको सहकार्यलाई अझै मजबुत बनाउने सहमति दुई नेताबीच भएको बताएका छन्। 'कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं', ओलीले भनेका छन्, 'लकडाउनका कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ-आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं।'

'नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सम्वाद भएको छ', उनले भनेका छन्, 'हामीले कोरोनाबाट दुई देशमा उत्पन्‍न जटिल अवस्थाबारेमा छलफल गरेका छौं।'

आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग
टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं । आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।

oli

ओलीले लकडाउनमा आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्‍दै थप सहज र सुचारु राख्‍न पनि छलफल भएको बताएका छन्। ओलीले संवादका क्रममा भारत सरकारले उपलब्ध गराउने औषधि लगायत सहयोगका लागि मोदीलाई धन्यवाद दिएका छन्।

नेपालका प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्वाद भएको जानकारी मोदीले ट्विटरमार्पत दिएका छन्। उनले सम्वादका क्रममा कोरोना भाइरसबाट अहिले उत्पन्‍न जटिलताबारे कुराकानी भएको जानकारी दिएका छन्।

mdn

प्रकासित मिति

Loading...
Loading...

 

Loading...