1478958692 banner ad format

 
 

बाजुरा । स्थानिय तहको निर्वाचनको लागि मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय जाने क्रममा झडप हुँदा आज एकजनाको मृत्यु भएको छ । 

NC and UML cadres

जिल्लाको छेडेदह गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच झडप हुँदा स्थानीय ५६ वर्षीय हंशबहादुर रावतको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । 

मनोनयन गर्न जाँदा दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस गर्ने क्रममा झडप भएको बोगटीले बताए । गम्भीर घाइते भएका रावतलाई उपचारका लागि सदरमुकाम मार्तडी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो । रावत एमाले कार्यकर्ता रहेको बुझिएको छ । 

दुवै पक्षबीच ढुङ्गा हानाहान हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood