annapurna add

nebisan29काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरेको छ ।

गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्रिवि समितिले उपकलपतिको कार्यकक्ष तोडफोड गरेको हो ।

लामो समयदेखि विश्वविद्यालयमा राजनैतिक भागबन्डा बन्दको माग गर्दै आएका छन् । उपकुलपति बास्कोटा विद्यार्थीको मागमा उदासिन देखिएपछि आफूहरु तोडफोडमा उत्रिनुपरेको नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले बताए ।

सचिव रावलले उपकुलपति स्ववियु निर्वाचनको सुनिश्चितता र विश्वविद्यालयको गुणस्तरप्रति प्रतिबद्धनभएको आरोप लगाए । 

याे पनि पढ्नुहाेस् - प्रदेश नंं ३ को नाम बागमती राखिने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौडा राख्ने निर्णय भएको हो ।

नेकपा केन्द्रको निर्णयअनुसार अब नेकपा प्रदेश नम्बर ३ ले प्रक्रिया अघि बढाउने छ ।
प्रदेश नम्बर ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ रहेको छ ।

यसअघि नेकपाकै सांसदहरुबीच कुरा मिल्न नसक्दा प्रदेशको नाम र राजधानीको टुंगो लाग्न सकेको थिएन ।

याे पनि पढ्नुहाेस् - निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित गरेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तीव्ररुपमा अघि बढिरहेको र आयोगको सम्पूर्ण ध्यान अहिले उक्त निर्वाचनमा केन्द्रित रहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए। उनले भने 'निर्वाचनका लागि अब धेरै समय बाँकी नभएको र चुनावको मिति नजिकिँदै आएको सन्दर्भमा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो सबै ध्यान कन्द्रित गरेर आयोगले तयारीको कार्यक्रम गरिरहेको छ।' उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरणसमेत प्रदान गरिसकेको छ। यही पुस १५ गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

उक्त निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम हुनेछ। उक्त निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्नसमेत प्रदान गरिसकेको छ। उनन्साठी सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक दुई वर्षमा पदावधि सकिन्छ ।

आगामी फागुन २० गते पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ।

आयोगले उक्त निर्वाचन प्रयोजनका लागि प्रदेश नं १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन, प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरामा मतदान केन्द्र तोकेको छ।

त्यस्तै, प्रदेश नं ५ को दाङ जिल्ला घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला वीरेन्द्रनगरको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन, सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविमा मतदानस्थल तोकिएको छ।

उक्त निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कूल जम्मा दुई हजार ५६ मतदाता कायम रहेका छन्।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...