annapurna add

नेपालभर विभिन्न जिल्लाका १६ स्थानमा बाढी, पहिरो, आगलागी, चट्याङ र सर्पदंशका घटना भएको छ ।

पहिरो अपडेट : राहत लिएर हेलिकोप्टर पुग्याे बझाङ

pahit bajhangराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ ।

बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शनिबार राति गएको पहिरोमा पुरिएका ७ जना मध्ये ६ जनाको शव भेटिएको छ । १ जना भने अझै बेपत्ता रहेका छन् ।

एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा र ७ बालिका अष्मिता जेठाराको शव भेटिएको छ । त्यस्तै, १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको हो । २० वर्षीय गिरि जेठारा भने अझै बेपत्ता भएको वडा अध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए ।

गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका झण्डै २० घरमा क्षति पु¥याएको छ । राति पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि ७ जना भने पहिरोमा पुरिएका थिए ।

पहिरोमा परि स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ ।

स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको स्थानीयले बताएका छन् ।

 सिराहामा र धनुषामा सर्पको टोकाइबाट तीन जनाको मृत्यु भएको छ ।

नुवाकोटमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् ।

खोटाङ, डोल्पा, मोरङ र भक्तपुरमा आगलागीका घटना भएको प्राधिकरणले जनाएको छ ।

यस्तै मकवानपुर र प्यूठानमा चट्याङ परेको छ ।

सिन्धुपाल्चोक र गुल्मीमा पहिरो गएको तथा प्यूठान र कैलालीमा बाढी आएको प्राधिकरणले आज सूचनामार्फत जनाएको छ ।

आज भएको विपद्का घटनामा झण्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

बझाङ पहिरो अपडेट : ६ जनाको शव भेटियो, १ जना अझै बेपत्ता

बझाङ पहिरो अपडेट : उद्धारमा हिँडेको सेनाको गाडी दुर्घटना, ३ जना घाइते

३ जनाको शव भेटियो

हेलिकप्टर उड्ने तयारीमा छ, सांसद विक

२ जनाको शव भेटियो, ७ जना अझै बेपत्ता

बझाङमा पहिरो : १७ घर पुरिए, ११ जना बेपत्ता

प्रकासित मिति

Loading...
Loading...

 

Loading...