annapurna add

Bajhang district news kantipathबझाङ - जिल्लामा नदीजन्य पदार्थहरु ढुङ्गा,वालुवा,गिट्टी,अवैध रुपमा ओसारपसार हुँदै आएको छ । यसलाई नियन्त्रण,गर्ने निकाए माैन वस्दा ओसारपसार भने अझै रोकीएको छैन ।

जिल्ला समन्य समितीले साउन २७ गते सेती नदी वाहुली गाड लगाएत स्थानिय खोलाहरुमा जथाभावी ढुङ्गा वालुवा गिट्टी अवैध रुपमा ओसारपसार गर्न रोक लगाएपनी पुर्ण रुपमा कार्यानयन नहुदा प्रहरीको मिलोमतोमा जिल्लाका केही नेताहरुका आसेपासे र पहुुचवालाहरुले खुलेयाम रुपमा नियम बिपरीत वालुवा गिट्टी ढुङ्गा ओसापसार हुदै आएकोे बझाङ ट्याक्टर ब्यावसायी सँघका सचिव भरत कठायतले बताए ।

सचिव कठायतका अनुसार राज्यले कानुनको नजरमा सवै समान रुपमा हेर्ने भएतापनी प्रहरी प्रसासन र जिल्लाका केही नेताहरुका आसेपासे र पहुचवालाहरुलाई मात्र खुलेयाम रुपमा ढुङ्गा,गिटी,वालुवा ओसारपसार गरेकाे आरोप लगाएका छन् ।

आइतवार करीव ७ः ३० वजेको समयमा जिल्ला अदालतको निर्माणा धिन भवनमा २ ट्याक्टर र जिल्ला प्रहरी कार्यालयको भवन निर्माणमा २ ट्याक्टर बालुवा प्रहरीको मिलोमतोमा ओसारपसार गरेको आरोप लागेको छ ।

यसरी जथाभावी रुपमा निमय बिपरीत वालुवा गिट्टी ढुङ्गा गिट्टी झिक्ने कार्य नरोकिए वर्षातको समयमा वाढी पहिरो भुक्षय गई खेतीपाती जमिन लगाएत मानव वस्ती नै जोखीममा पर्ने जयपृथ्वी नगरपालीकाका स्थानियहरु बताए।

प्रहरीको मिलोमतोमा वालुवा गिट्टी ढुग्गा ओसारपसार गरेको बिषयमा कुराकानी गर्दा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमले आफुलाई केही जानकारी नभएको र यदी प्रहरीको मिलोमतो भए जो सुकैलाई पनी कारवाही गर्ने बताए ।

 याे पनि पढ्नुहाेस् : बझाङ : बझाङमा आइतबार राति नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार राति १२ बजेको समयमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ गरेकाे हाे ।

जुवा खेलिरहेको अवस्थामा उनीहरुको साथबाट २ लाख १९ हजार ५ सय ७२ रुपैयाँसहित ३ जोडी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी गणेश बमले जानकारी दिए ।

पक्राउ पर्नेमा सुर्मा गाँउपालिका वडा नम्बर १ का २८ वर्षीय देवचन्द बोहरा र ४० वर्षीय मानबहादुर बोहरा, वडा नम्बर २ का ३८ वर्षीय शेरबहादुर बोहरा, हुम्लाको सिमिकोट गाँउपालिका–३ का ३९ वर्षीय फन्जुङ लामा र जयपृथ्वी नगरपालिका–८ का ४० वर्षीय मंगल बोहरा रहेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...