annapurna add

pushpa chaudhari kantipathजिम्मेवारी नेपाल सरकारको सचिवको काम भने भारतको नयाँ दिल्ली कार्यालयमा बसेर आइएनजिओको । स्वास्थ्य तथा जनसंख्या सचिव डा. पुष्पा चौधरी विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को भारतस्थित नयाँदिल्ली कार्यालयमा जागिर खाँदै आएकी छिन ।

उनी अहिले पनि नेपाल सरकारको सचिव छिन् । उनले राजीनामा दिएकि थिइन् तर सरकारले स्वीकृत गरेको छैन । स्वीकृत नगरेपनि उनी सचिवको जिम्मेवारी नै छाडेर दिल्लीस्थित डब्लुएचओको पी ५ सहसचिव स्तरको जागिर खाइरहेकी छन् । तलब र सुविधा धेरै भए पनि उनी सचिवस्तरबाट सहसचिवस्तरको जागिर खान गएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

डब्लुएचओमा नाम निस्किएको केही समयपछि २०७६ कात्तिक १३ बाट लागू हुने गरी उनले राजीनामा दिएकि थिइन् । सरकारले  अस्वीकृत गरेपछि मंसिरको तेस्रो साता राजीनामा स्वीकृत गर्न माग गर्दै अर्को निवेदन दिएकि थिइन् । तर उनको राजीनामा सरकारले अहिलेसम्म स्वीकृत गरेको छैन । (CIN)

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर