1478958692 banner ad format

 
 

काठमाडौं । साहसिक क्षेत्र मानिने आरोहणलाई सुरक्षित र वैज्ञानिक बनाउन अब नेपालमा पनि जीपीएस ट्रर्याकिङ प्रविधि प्रयोग गर्न सकिने भएको छ ।   सगरमाथा चुचुरोमा पुगेर फर्किएका अमेरिकी आरोही चेरिस तोफेर पउलले जीपीएस ट्रर्याकिङको सफल प्रयोग गरेपछि नेपालका उच्च भागसम्म ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्रर्याकिङ सम्भावनाको ढोका खुलेको हो ।

Nepal GPS traryakina min

  पउलले प्रयोग गरेको जीपीएस ट्रर्याकिङ सफ्टवेयरमार्फत अमेरिकामा रहेका साथीहरूले सगरमाथा चुचुरोसम्मको प्रत्यक्ष अवलोकन गरेका थिए । आरोही कहाँ पुग्यो, के गर्दै छ र सुरक्षाको अवस्था कस्तो छ जान्न यो प्रविधि प्रयोग गर्न सकिने पउलको भनाइ छ । आरोहणपछि ट्रर्याकिङ रिपोर्टबाट आफूले आरोहण गरेको अवस्था र नक्सा दुरुस्त हेर्न पाएको पउलले बताउनुभयो ।  

के हो जीपीएस ट्रर्याकिङ ?

  ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ले देखाउने लंगिच्युड–ल्याटिच्युडलाई सफ्टवेयरबाट कैद गरी वास्तविक अवस्था हेर्ने र डाटा लिने प्रविधि ट्रर्याकिङ हो । जीपीएसले पृथ्वीमा उभिएको बिन्दु देखाउने गर्छ, यसैलाई ट्रर्याकिङ गरेर वास्तविकता पत्ता लगाउन सकिन्छ । ट्र्या्किङमार्फत ठाउँ, व्यक्ति र विभिन्न गतिविधिको निगरानी गर्न सकिन्छ ।

लंगिच्युड(ल्याटिच्युडलाई ट्रर्याकिङ गरेर पृथ्वीको वास्तविक ठाउँ पत्ता लगाउनु नै यो प्रविधिको काम हो ।   हिमालको धेरै आरोहण हुने फ्रान्स र स्विजरल्यान्डले धेरै वर्ष अघिदेखि यस्तो प्रविधि प्रयोग गरे पनि नेपालमा हुन सकेको थिएन । आरोही पउलले सुरक्षित बन्न जीपीएस डिभाइस आधारशिविरदेखि चुचुरो (८८८४ मि.) पुगेर फर्किंदासम्म प्रयोग गर्नुभएको थियो ।

नेपालको पर्वतारोहण प्रणाली ०३५ सालको पर्यटन ऐनअनुसार नै भएकाले सरकारले विदेशी आरोही आश्चर्यमा पर्ने गरेको बताइएको छ । नेपालको पर्वतारोहण क्षेत्रमा कुनै पनि सुरक्षा व्यवस्था नभएकाले आरोहण गर्न विदेशी अन्कनाउने गरेको आरोही लाक्पागेलु शेर्पाले बताउनुभयो । फ्रान्स र स्विजरल्यान्डमा आरोहीले सलामी दस्तुर बुझाएपछि जीपीएसलाई अनिवार्य गरी सुरक्षित आरोहण गराउने गरिएको छ । ती देशले आरोहणका क्रममा कुनै समस्या भए जीपीएसकै सहयोगमा तत्काल उद्धारसमेत गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।  

आरोहीले आफ्नो सुरक्षाका लागि गरेको पहल र आरोहण रेकर्डको प्रमाण वैज्ञानिक नहुनुले आरोही निरास हुने गरेकाले जीपीएस ट्र्या्किङ प्रविधिलाई राज्यले अनिवार्य बनाउनुपर्ने शेर्पाको माग थियो । जीपीएसले पर्यटकको उद्धार, मौसमको जानकारी, असुरक्षित अवस्था आए गाइड, राज्यपक्ष र एजेन्सीलाई अलर्ट गरी सूचना दिने, चुचुरोमा पुगेको वैज्ञानिक प्रमाण बन्ने र उद्धार गर्न सहज बनाउनेछ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood