annapurna add

 

काठमाडौँ । राजधानीमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बेलुका ७ बजेर ११ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

Earthquakenews kantipathnews


सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ ४.८ रेक्टर स्केलको धक्का महसुस भएको हो ।

याे पनि पढ्नुहाेस् - वकिलहरुले डाक्टरसँग बदला लिन अस्पताल तोडफोड, एक बिरामीको मृत्यु

lahor hospitalपाकिस्तानमा डाक्टरको कुटाइको बदलामा वकिलहरुको एक समूहले अस्पताल तोडफोड गरेको छ । लाहोरस्थित एक अस्पतालका डाक्टरले आफ्ना साथीलाई कुटेको भन्दै बदलाको रुपमा वकिलहरुले अस्पताल तोडफोड गरेका हुन् । उनीहरुको आक्रमणले गर्दा अस्पतालका बिरामीको मृत्यु भएको छ । उनीहरुले लाहोरको पन्जाब इन्स्टिच्युट अफ कार्डिओलोजीमा छिरेर तोडफोड गरेका हुन् । यससँगै उनीहरुले विरोध स्वरुप सवारी साधनमा आगजनी समेत गरेका थिए । डन न्युजका अनुसार बुधबारको यस घटनापछि प्रहरीले ४० जना वकिललाई पक्राउ गरेको छ । साथै घटनाको छानविन गर्ने प्रहरीको भनाइ छ ।

याे पनिल पढ्नुहाेस् - नागरिकता संशोधन'पछि भारतमा आन्दोलन : नेपाललाई समेत धक्का ?

protest cabbbb NEWS INDAIनयाँदिल्ली : भारतमा नागरिकता संशोधन विधेयक पारित भएपछि विपक्षी दल लगायत विभिन्न समूहहरु आन्दोतिल बनेका छन् । खासगरी मुस्लिम समुदायले विधेयकको विरोध गर्दैआएको छ । विद्यार्थी, नागरिक अगुवा पनि प्रदर्शनमा भाग लिएका छन् । उक्त विधेयक राज्यसभाबाट पारित भएपछि आन्दोलन झन् चर्किएको हो । कतिपय ठाउँमा प्रदर्शनकारीले ढुंगामुडा प्रहार गर्दै टायर बालेका छन् । प्रहरीसँग झडप हुँदा दर्जनौं प्रदर्शनकारी घाइते छन् । आसामका गुहावटी लगायत क्षेत्रमा प्रदर्शन व्यापक भएको छ । हजारौंको प्रदर्शन दबाउन सरकारले सेना परिचालन समेत गरेको स्थानीय मिडियाले जनाएका छन् । हुवाहटी र दिब्रुगाह्रमा त आन्दोलनका कारण सवारी साधन ठप्प हुनुका साथै उडान समेत अवरुद्ध भएका छन् । पछिल्लो समय आसामको गुवाहटी लगायत सहरमा सरकारले सेना परिचालन गरेको छ । भारतीय सञ्चार संस्था पिटिआइका अनुसार गुवाहटी, तिनसुकिया, दिब्रुगाह्र र जोरहाट जिल्लामा पनि सेना परिचालन गर्दै कर्फ्यू लगाइएको छ । आसामका १० जिल्लामा कर्फ्यूका साथै इन्टरनेट सेवा बन्द गरिएको हो । आसामका मुख्यमन्त्रीको निवासमै प्रदर्शनकारीले आक्रमण गरेको भन्दै कर्फ्यू अनिश्चितकालीन रुपमा लम्ब्याइएको छ । प्रदर्शनका कारण मुख्यमन्त्री सर्वमण्यम सोनवल र प्रदेशमन्त्री रामेश्वर तेलीको सवारीमा समेत केही बेर अवरोध सिर्जना भएको थियो ।लेखिनगर क्षेत्रस्थित सोनवलको घरमै प्रदर्शनकारीले ढुंगा प्रहार गरेको स्थानीय मिडियाले जनाएका छन् । दुलियाजनस्थित रामेश्वर तेलीको निवासमा पनि ढुंगा प्रहार गरी भौतिक संरचनामा क्षति पुर्याइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भने आसामका जनतालाई नागरिकता विधेयकले कुनै असर नगर्ने भन्दै उनीहरु यसबारे चिन्तित बन्नु नपर्ने प्रतिक्रिया दिएका छन् । ‘तपाईँहरुको अधिकार कसैले पनि खोस्न नक्दैन’ प्रधानमन्त्री मोदीले भनेका छन् । गुहावटीमा त दशौं हजारको संख्यामा स्थानीय बासिन्दाहरु कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिएका छन् । भारत सरकारले लोकसभा हुँदै राज्यसभाबाट समेत नागरिकता संशोधन विधेयक पारित गरेपछि आन्दोलन चर्किएको हो । विधेयकमा छिमेकी मुलुकबाट आउने धार्मिक शरणार्थीहरुलाई भारतीय नागरिकता दिने उल्लेख छ । तर मुस्लिम धर्म बाहेकका धर्मलाई मात्रै यस्तो अधिकार दिइएपछि मुस्लिम समुदाय आन्दोलित बनेका हुन् । केही मुस्लिम समुदायको प्रतिनिधित्व गर्ने सांसदले लोकसभामै विधेयक च्यातिदिएका थिए । राज्यसभामा उक्त विधेयक १ सय २५ मत सहित पारित भएको हो । कतिपय अगुवाले विधेयकका कारण ‘भारत मुस्लिमका लागि बस्न नसकिने मुलुक’ हुने भन्दै व्याख्या गरेका छन् । उनीहरुमध्ये धेरैले विधेयककै कारण भारत धार्मिक रुपमा ‘विभाजनतिर गएको’ प्रतिक्रिया दिएका छन् । विधेयकलाई गृहमन्त्री तथा भाजपाका अध्यक्ष अमित शाहले ‘३४ वर्ष पुरानो गलत इतिहास’ सच्याउन थालेको भन्दै बचाउ गरेका छन् । पछिल्ला वर्षमा बंगलादेशबाट मुस्लिम अल्पसंख्यक रोहिंग्या शरणार्थीहरु भित्रिने क्रम बढेपछि त्यसलाई रोक्न यस्तो विधेयकको साहरा लिइएको पनि बताइन्छ ।

नेपाललाई पनि धक्का ?

भारतमा रहेका नेपालीभाषी समुदायले पनि विधेयकमा विरोध जनाएका छन् । आसाममा भएका प्रदर्शनमा नेपालीभाषीहरु पनि सहभागी भएको बिबिसीले जनाएको छ । आसाम गोरखा सम्मेलनका सभापति रामप्रसाद शर्माको हवाला दिँदै बिबिसीले यहाँका नेपालीभाषी आन्दोलनमा सामेल रहेको जनाएको छ । भारत सरकारले पछिल्लो पटक तथ्यांक निकालेको राष्ट्रिय नागरिक रजिस्टरमा एक लाख जति नेपालीभाषीको नाम छुटाइएको थियो । सोही कारण पनि उनीहरु आन्दोलित बनेको स्थानीय मिडियाको टिप्पणी छ । गोरखाल्याण्डका अगुवाहरु केन्द्र सरकार आफूहरुप्रति अनुदार बन्दैआएको बताउँछन् । नेपालीभाषीलाई भाजपा सरकारले दमन गर्दैआएको र अधिकार कुण्ठित गरेको उनीहरुको बुझाइ छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...