annapurna add

काठमाडौं – सरकारले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी घटाएको छ । नेपाल प्रहरीमा लामो समयदेखि डिआईजीको बढुवा हुन सकेको थिएन । मन्त्रिपरिषद् बैठकले डिआईजीको संख्या घटाएर १४ मा झारेको हो ।

DIG Nepal Policeगृहमन्त्रालयले डीआईजीको दरबन्दी १९ राख्नुपर्ने प्रस्ताव गरेको भएतापनि प्रधानमन्त्री केपी शर्मा ओलीको अडानमा १४ दरबन्दी कायम भएको हो । प्रहरीमा दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशहरुमा डिआईजीको दरबन्दी भएपनि डिआईजी नहुंदा अहिले रिक्त रहेको छ । दुई नम्बर प्रदेशमा डिआईजी प्रध्मुन कार्की र महानगरीय प्रहरीको नेतृत्वमा डिआईजी विश्वराज पोखरेल छन् । त्यसबाहेक अन्य प्रदेशहरुमा डिआइजी छैनन् ।

त्यतिमात्र होईन प्रहरीका अधिकांश विभाग पनि नेतृत्वविहीन बनेका छन् । प्रहरीमा दुई दर्जन एसएपीहरु बढुवाको लागी दौडमा रहेका छन् । सरकारले यसअघि प्रहरीको तीन एआईजी पदमा शैलेश थापा, हरि पाल र ताराणी लम्साललाई बढुवा गरेको थियो ।

प्रहरीमा हाल कायम ३४ डिआइजी दरबन्दीमध्ये २२ खाली छन् । त्यस्तै १६ एसएसपी, १७ एसपी, ५२ डिएसपी र एक सय १९ इस्पेक्टरको पद पनि अहिले प्रहरीमा खाली छ ।

प्रहरी मुख्यालय प्रहरी समायोजनको मुखमा कायम रहेको दरबन्दी घटाउंदा संगठनलाई असर पुग्ने भन्दै दरबन्दी घटाउन नहुने पक्षमा थियो । गृहमन्त्रालयले भने संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) समिति समेत गठन गरेर काम अघि बढाएको थियो ।

गृहसचिव अध्यक्ष रहेको सो समितिमा गृहमन्त्रालयका प्रशासनतर्फका सह–सचिव सदस्य–सचिव छन् भने प्रहरी महानिरीक्षक (आइजी), प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव, अर्थमन्त्रालयका सह–सचिव र कानुन मन्त्रालयका सह–सचिव सदस्य रहेका छन् ।

प्रहरीमा यसअघि एआईजी र डिआईजी आफु निकटका अधिकारीलाई बढुवा गर्न हचुवाका भरमा दरबन्दी थप्ने काम भएको थियो । नेपाल प्रहरीमा राजनीतिक नेतृत्वको स्वार्थका कारण एआईजीको संख्या १५ र डिआईजीको संख्या ३४ सम्म पुगेको थियो ।

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीको नियुक्तीसंगै उनले प्रहरीमा बढुवाको प्रक्रिया अघि बढाउन पहल गरेपनि डिआईजीको दरबन्दीमा कुरा नमिलेपछि बढुवा रोकिएको थियो । प्रधानमन्त्री ओलीले गृहसचिव महेश्वर न्यौपानेलाई प्रहरीमा डिआईजी संख्या घटाउन निर्देशन दिएलगत्तै मृगौला प्रत्यारोपणका लागी अस्पताल भर्ना भएका थिए ।

गृहमन्त्रालयले प्रहरीको दरबन्दी घटाउने प्रस्ताव गर्दा प्रहरी महानिरीक्षकले त्यसमा सहमती जनाएका थिएनन् । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीसंग छलफल गरेर दरबन्दीको टुंगो लगाउने बताएका थिए ।

प्रहरीमा पहिलो ब्यांचबाट एसएपीहरु घनश्याम अर्याल, गणेश ऐर,पुरुषोत्तम कडेंल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, दिलिप चौधरी, देवबहादुर बोहरा र राजेशलाल कर्ण डिआईजीको लागी बढुवाको लाइनमा छन् । त्यसैगरी पछिल्लो ब्याजबाट एसएपीहरु धिरज सिंह,उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामा दौडमा छन् । एसएसपीहरु सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रविन्द्र धानुक, अरुण विसी र सहकुल थापा समेत बढुवाको लागी दौडमा छन् । kathmandupati

प्रकासित मिति

Loading...
Loading...

 

Loading...