NEPAL POLICE Governmentकाठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका स्थित थलीमा हिजो ठूलो दुर्घटना हुन बाट जोगिएको छ। हिजो राती कागेश्वरी मनोहरा नगरपालिका स्थित थली एरियामा ब्याबसाय गरि बसेका रत्न कुमार श्रेस्ठले मादक पदार्थको सेवन गरि आफै गाडी चलाउदै आएकोमा बिजुलिको पोलमा हान्दै गर्दा थलिको सई प्रेम लिम्बूले निजलाई रोकेर कुनै कारबाही नगरी त्यत्तिकै गाडी दिएर छाडिदिन्छ्न। पुन त्यसै गाडिले ठक्कर दिदै जान्छ, स्थानिय ले उक्त गाडी रोक्न पुग्दा रत्न श्रेष्ठ झाडितिर हाम फाल्छ्न। त्यसपछी उनले आफ्नो समूह जम्मा गरि स्थानियले आफुलाइ घचेड्दिएर झाडिमा गएको भन्दै स्थानीय माथी खुकुरी लिएर तान्डब मच्चाउछ्न। स्थानीय भेला जम्मा भै बिरोध गरेपछी थली प्रभाग को बुताबाहिर पुगेको ठानी स्थानिय कै आग्रह मा बौद्ध प्रहरी बाट प्रहरी निरीक्षक को कमान्डमा टोलि आएर सम्झाइ बुझाइ गरि रत्नश्रेष्ठ लाई कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरेपछि स्थानिय सान्त हुन्छ्न। अर्को दिन बिहान उनि प्रहरीमा उपस्थित नभएपछि स्थानिय आक्रोशित भै प्रहरी प्रभाग थली अगाडि जम्मा भै बाटो मा टायर बाली बाटो अबरुद्ध हुन्छ र  कारबाही गर्छु भनेका ब्यक्तीलाई थली प्रभाग प्रमुख प्रेम लिम्बु को भुमिका मा मासले शंका गरिरहेको हुन्छ।

तत्पश्चात शाखु प्रभागबाट प्रहरी निरीक्षक गोविन्द पन्थी ठूलो सन्ख्यामा प्रहरी टोलि लिएर थली प्रभाग पुग्छ्न । यस संवाददाता घटननास्थल मै थियो । निरीक्षक पन्थी उपस्थित भएर के भयो के भनेका थिए ! भिड्ले उनलाइ तथानाम गाली सुरु गरे । किन भगाएको ? त्यो हिजोको इन्सपेक्टरर थली को सहि कहाँ गए ? गुन्डासँग प्रहरी मिल्ने ? याबत प्रश्न तेर्साउदै भिड आक्रोसित हुँदा पनि उनले प्रहरी न्यायकै लागि हो, गलत गर्ने माथी कारबाही हुन्छ, बाटो नरोक्नुस न्याय खोज्दा अरु यात्रु माथी अन्याय नगरौ भन्दै थिए तर मास भित्र अनेक खाले मान्छे देखिन्थे ,कतिपयले प्रहरी निरीक्षक पन्थी को भरोसा रहेको भन्दै थिए त , कतिले मास भड्काउन चाहन्थे ,त कतिले सम्यमित गराउन चाहन्थे। भिड नियन्त्रण बाहिर थियो।लाग्छ अब प्रहरी ले लाठी बर्साउछ , गोलि चलाउछ ।सेट मा पनि बाटो तुरुन्त खुलाउने भन्ने आदेश आइरहेको सुनिन्थ्यो।तर प्रहरी निरीक्षक पन्थी एक ब्याबसायिक अधिकृत र स्थानिय को मन जितेका अधिकृत समेत भएकाले सम्यमता अपनाएको देखिन्थ्यो। यत्तिकैमा बृत्त बौद्दबाट डिएसपी रमेश सिंह अर्को प्रहरी टोलि लिएर आइपुगे। अब लाठी बर्सिन्छ भन्ने संवाददातालाई पनि लाग्यो। यसो साइड तर्फ गएर नियाली राख्दा निरीक्षक पन्थी र डिएसपीले एकातिर गएर केही समय गोप्य कुरा गरे सायद त्यो भिड को मनस्थिति र सम्भाबित बल प्रयोग र त्यसबाट हुने असर बारे हुनु पर्दछ।अनि दुबै अधिकृत भिड तर्फ आए।पुन बाटो खुलाउन आग्रह गरे तर भिड करिब ५०० प्रहरीकाे सख्यामा लड्ने मानसिकता बोकेर जिद्दी गरेजस्तो देखिन्थ्यो। दुबै जनाले कन्भिन्स गर्नै तिर लागे। नेतृत्व गरेकाहरु डिएसपी रमेश बहादुर सिङ र निरीक्षक पन्थी प्रती भरोसा भएको भन्दै केही लचक देखिन्थे तर मास आक्रोसित थियो। डिएसपीले पुन प्रतिबद्धता गरे , गलत गर्ने लाई कारबाही गर्ने र तुरुन्तै पक्राउ गरि छाड्ने।केही कन्भिन्स थिए तर हुल ले मानिरहेको थिएन। सेट मा तुरुन्त बाटो खुलाउनु भन्ने आदेश आइरहेको सुन्न सकिन्थ्यो। त्यहा लाठी बर्साएर बाटो खुलाएको भए त्यो घटनाले राजनैतिक रङ पाउने समेत चलाख एबम ब्याबसायिक अधिकृतले बुझेकै देखिन्थ्यो। त्यसो गरिएको हुदो हो त अहिले कोहलपुर को घटनालाइ माथ गर्ने निश्चित थियो। कोहोलपुर मा लाठी बर्साएर त्यहाका डिएसपीले नत ट्रक जल्न बाट बचाउन सके ! उल्टै १२,१४ बर्ष का साना विद्यार्थीहरु माथी लाठी बर्साइयो। गोलि ठोकियो, बिसौ विद्यार्थी घाइते बनाइयो। प्रहरीले बर्बरतापुर्ण दमन गरेको सन्देश प्रभाह भयो। जनमानसमा प्रहरी प्रतिको विश्वास मा सँका पैदा गरायो। अहिले कर्फ्यू जारी नै छ । यो सबै बाँके एसपी वीर बहादुर ओली र कोहोलपुर डिएसपी हेम बहादुर शाही ले भिड को मनोबिज्ञान बुझ्न नसकेको कारणले सामान्य घटनाले त्यस्तो रुप लिन पुगेको हो। नेतृत्व ले कति फरक पार्दो रहेछ भन्ने कोहोलपुर घटनाले प्रष्ट देखियो । थली प्रभाग अगाडि को घटना यस सम्बादाता ले प्रत्यक्ष अनुभव गरेको थियो। त्यँहा दमन गरि बाटो खुलाइएको भए सायद साग खेल समेत प्रभावित हुन सक्थ्यो । त्यसैले समयमा सुझबुझ पूर्ण निर्णय नहुँदा कति फरक पर्दो रहेछ। कोहोलपुर मा दुर्घटना को घटना को बिरोध गर्ने क्रममै एक छात्र सदाको लागि अपाङ्ग हुनु परेको छ भने कति छात्र/छात्रा घाइते हुन पुगेका छ्न भने चौबीसै घन्टा डिउटिमा रहने प्रहरी ड्युटी गर्ने क्रममै घाइते हुनु परेको छ। प्रहरी संगठन को नेतृत्व र नेपाल सरकारले समेत यस्ता घटना बाट पाठ सिक्नु पर्ने देखिन्छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर