प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल दक्षिण अमेरिकी राज्य चिलीको सान्तियागोमा हुने इन्टरपोलको ८८ औ महासभामा सहभागी हुन आईतवार राति त्यसतर्फ प्रस्थान गरेका छन् ।

igp news kantipathnews

असोज २८ देखी कार्तिक १ सम्म सन्चालन हुने इन्टरपोलको ८८ औ महासभामा सहभागी हुन आईजीपी खनाल चिलीतर्फ प्रस्थान गरेकाे छ ।

आईजीपी खनालसँग उक्त महासभामा सहभागी हुन केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)का प्रमुख डिआईजी निरज शाही,प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशी समेत प्रस्थान गरेका हुन् ।

आईजीपी खनाललाई एआईजी ठुले राई, बिमानस्थल सुरक्षा प्रमुख डिआईजी सुर्य प्रसाद उपाध्यय, महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी शैलेश थापा,प्रहरी प्रवक्ता डिआईजी विश्वराज पोखरेललगायतका वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामनासहित विदाइ गरेका छन् ।

आईजीपी खनालको अनुपस्थितिमा एआईजी पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

महासभामा अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षासम्बन्धी नयाँ रणनीतिहरुका बारेमा छलफल हुने वताइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...