annapurna add

snip news mahesh

नेकपा ओली पक्षका नेता महेश बस्नेतले बुधबार बुटवलका आयोजित युवा भेलामा नेपालका केही मिडियाले लोकतन्त्रको अभ्यासका नाममा अराजकताको पराकाष्ठाको अभ्यास गरिरहेको गम्भीर आरोप लगाएका छन् । उनले राज्यले गर्ने समानान्तर काम मिडियाले गरिरहेको आरोप लगाउँदै न्यायालय पनि केही सम्पादकले चलाइरहेको आरोप लगाएका छन् ।

नेकपाको युवा संघ नेपालका इन्चार्जसमेत रहेका उनले कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका ओम शर्मा र अनलाइन पोर्टल ईकागजका प्रधान सम्पादक हरिबहादुर थापाको नामै लिएर ‘नियोजित मिडियाका मान्छे’ को आरोप लगाउँदै आफूले निगरानी गरिरहेको बताएका छन् ।

उनले पुस २५ मा काठमाडौंको एक कार्यक्रममा अराजकताविरुद्ध साइबर सेना परिचालन गर्ने बताएका थिए भने १० माघमा युवा संघले पाल्पाको तानसेनमा आयोजना गरेको कार्यक्रममा पनि साइबर सेनाले नै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ठेगान लगाउनुपर्ने बताएका थिए ।

बस्नेतले नामै लिएर धम्काएको प्रति नेपाल प्रेस युनियनले विज्ञप्ति निकालेर खण्डन गरेको छ ।

हेर्नुहोस विज्ञप्ति :

मितिः २०७७ माघ १५

प्रेस विज्ञप्ति

पूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले नामै तोकेर विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई सार्वजनिक कार्यक्रममा धम्क्याएकाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ । इकागजका सम्पादक हरि बहादुर थापा, कान्तिपुरका सम्पादक सुधिर शर्मा र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर ओली समूहका बस्नेतले सार्वजनिक कार्यक्रममा धम्कयाउने कार्य यहि बर्बराहट मात्र हो भन्ने युनियनको बुझाई छ । सांसद अपहरण लगायत विगतमा विभिन्न विवादित कार्यमा संलग्न रहि पछिल्लो पटक साइबर सेना गठन गरि फरक मत राख्नेहरु विरुद्ध संगठित आक्रमण र दुष्प्रचार गर्दै आएका बस्नेतका तर्फबाट आएको यो धम्की ओली समूहले आफ्नो आलोचक बनेको संचार माध्यमलाई कसरी हेर्छ र कसरी मुख बन्द गर्न प्रयास गर्छ भन्ने उदाहरण पनि हो ।

लोकतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्धमा आफू र आफू सम्बद्ध संचार माध्यमलाई अविचलित रुपमा उभ्याउँदै आएका सम्पादहरुको पक्षमा नेपालका मात्र नभइ संसारका स्वतन्त्राप्रेमिहरु साथमा छन् । कायरहरुले दिने यस्ता धम्कीको पर्वाह नगरि आफ्नो कर्म जारी राख्न युनियन सबै सम्पादकहरुलाई आग्रह पनि गर्दछ । नेपाल प्रेस युनियन यस्ता धम्किपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै सम्बन्धित सम्पादकहरु र नेपाली संचारजगतसँग तत्काल माफि माग्न बस्नेतलाई सचेत गराउँछ । अन्यथा सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती रहँदै आएको युनियन यस्ता समाज तथा संचारमाध्यम विरोधी हर्कतको प्रतिवाद गर्न सक्षम रहेको यसै वक्तव्य मार्फत जानकारी गराउन चाहन्छ । सार्वजनिक रुपमा धम्की दिने यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न स्थानिय प्रसाशनसँग युनियन जोडदार माग गर्दछ । धन्यवाद ।

अजयबाबु शिवाकोटी
महासचिव

143094668 10158058619079607 3730014444566586369 n

प्रकासित मिति

Loading...
Loading...

 

Loading...