tealaya add

prakash chanda arrestedसरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चन्दले केहीदिन अघिदेखि विभिन्न माग राखी आन्दोलनरत मेडिकल कलेजका विद्यार्थीहरुको अगुवाइ गर्दै आएका थिए । चन्दलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ भने उनीसँगै आन्दोलनमा रहेका अन्य केही विद्यार्थीहरु समेत पक्राउ परेका छन् । आन्दोलनको क्रममा अस्पतालभित्रै प्रवेश गरी तोडफोड गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

यता कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...