annapurna add

काठमाडाैं । गाेंगबु बसपार्कमा आज बिहान १२ वटा माइक्रोबसमा आगलागी भएको छ । ग्यारेजभित्र बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा पूर्ण रुपमा र ४ वटा माइक्रो बस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

new busFile photo

प्रहरीकाअनुसार आगलागीको कारण खुलेको छैन, यसबारे अनुसन्धान भइरहेको छ ।

आगलागीबाट बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

यसैबीच  गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना संक्रमणले विश्व नै आतंकित बनेको छ । प्रारम्भमा यसका लक्षण र कहाँ कसरी सर्छ भने खुवै चासो दिइएको थियो तर अहिले केबाट र कसरी सर्छ भन्ने यकिन नहुँदा मानिसमा अन्योलता छाएको छ ।

dhlnewsत्यसका पनि काठमाडौं उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेपछि उपत्यकाबासी मात्रै होइन, आम मानिस नै चकित भएका छन् ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनमा उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो ।

अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । काठमाडौं उपत्यकामा कोरोना भाइरस समुदायस्तरमा फैलिएको अनुसन्धानमा संलग्न वैज्ञानिक डा. दिवेस कर्माचार्यले जानकारी दिए ।

अध्ययनमा संलग्न कर्माचार्यले समुदाय स्तरमा फैलिन सक्ने भएकाले परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिएका छन् । संस्थाले ढलको गहन अध्ययन थालेको पनि जनाएको छ ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट कर्माचार्यले बताए । उनका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् ।

‘कुनै एक जना व्यक्तिको दिसा ल्याएर परीक्षण गरिएको होइन्, पूरै वस्तीको ढलको नमूना ल्याइएको हो, पूरै वस्तीका मानिसमध्ये जसलाई पनि (धेरैलाई, तर सबैलाई होइन) संक्रमण हुन सक्छ’ उनले भने, ‘यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउँछ ।’

यो अध्ययनलाई आधार मानेर ढलमा संक्रमण देखिएको क्षेत्रको मानिसमध्येबाट जोखिम समूह छ्ट्याएर परीक्षण गर्न सकिन्छ । त्यो गर्दा उपत्यकाका सबै ठाउँका सबै मानिसको परीक्षण गर्न जरुरी हुँदैन ।

‘यस्तो अध्ययनले संक्रमण फैलिएको क्षेत्र थाहा भइहाल्छ, त्यो थाहा पाएपछि पहिला दीर्घरोगी, वृद्धहरु र जोखिम समूहका मानिसलाई प्राथमिकता दिएर परीक्षण गर्न सकिन्छ,’ उनले भने, ‘यसो गर्दा राज्यको धेरै किट, जनशक्ति, स्रोत र खर्च बच्छ ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...