annapurna add

news mahara kantipathबलात्कार प्रयास आरोपमा काठमाडौं जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सोमबार थुनछेक बहस सकिएपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे हो ।

पूर्व सभामुख महराको पक्षमा आइतबार र सोमबार ३२ जना वकिलले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुदर्शनराज पाण्डेको इजलासले साेमबार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हाे ।

आदेशमा भनिएको छ, 'गरिमामय पदमा आसिन प्रतिवादी कृष्ण बहादुर महराले आफ्नै कार्यालयमा कार्यरत महिलालाई जबर्जस्ती करणी उद्योग जस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निज उपर लगाइएको अभियोग प्रमाणित भएको अवस्थामा कानुन बमोजिम निज प्रतिवादीलाई हुन सक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्था समेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरि हाल निज प्रतिवादीलाई प्रस्तुत मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई डिल्लीबजार कारागार पठाइदिनु ।'

संसद सचिवालयकी कर्मचारीसमेत रहेकी बृत्त नयाँबानेश्वर २६ (३०)की महिलालाई यौन दुर्व्यवहार गरेको अभियोगमा महरालाई पक्राउ गरी गत बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा साे भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । महराले जबर्जस्ती करणी प्रयास मात्रै गरेकाले सो ऐनको दफा ३४(३) अनुसार आधा सजाय माग गरिएको थियो ।

त्यस्तै, महरा सार्वजनिक ओहोदामा रहेर कसुर गरेको भन्दै सरकारी वकिलले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५ (ङ) बमोजिम थप सजायको माग पनि गरेको थियो । यस व्यवस्थाअनुसार महरालाई ५० प्रतिशत थप सजायको मागसहित सरकारी वकिलले मुद्दा दर्ता गरेको थियो । त्यस्तै सरकारी वकिलले महराबाट पीडित महिलालाई मुलुकी अपराध संहिता २०७४ को दफा २२८ अनुसार क्षतिपूर्ति दिलाई अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरेको थियो ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर, उनले सांसद पदबाट भने राजीनामा दिएका थिएनन् । मुद्दाको पुर्पक्षकाका लागि काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागार पठाए पछि उनको सांसद पद के हुन्छ भन्ने प्रश्न उठेको छ । प्रतिनिधि सभा नियमावली २०७५ मा यस्तो छ व्यवस्था :

नियम २११ को उपनियम (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिन सक्ने उल्लेख छ । भने उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्ने पनि व्यवस्था छ । त्यस्तै सोही नियमको उपनियम (२) मा उपनियम (१) बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनु पर्ने छ । भने बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । महराको सभामुख पदबाट दिएको राजीनामाको सूचना प्रकाशित भइसकेको छ ।

त्यस्तै नियम २४४ (१) मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल गराउनुपर्ने व्यवस्था छ । भने उपनियम (२) मा बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचनापाटीमा सो को सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउनु पर्ने छ । उपनियम (३) मा संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने उल्लेख छ । उपनियम (४) कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर त्यस्तो सदस्य स्वतः निलम्वन भएको मानिने उल्लेख छ । नयाँ पत्रिका

थप समाचार 

काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ

‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

BREAKING : कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर