mahara dilli bazaar jail kantipathnewsकाठमाडौं - संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जेलबाट छुट्ने प्रयास गरेका छन् ।

जेलबाट छुट्नका लागि महराले जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध अर्काे अदालतमा गुहार मागेका छन् ।

महराले जिल्ला अदालतको आदेशविरुद्ध बिहीवार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका छन् । थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालत काठमाडौंको आदेश खारेज गरी साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ गराइदिन माग गर्दै महराको निवेदन दर्ता भएको उच्च अदालत पाटनले जनाएकाे छ ।

‘पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भनी मुलुकी कार्यविधि संहिताको दफा ७३ बमोजिम उहाँको निवेदन प्राप्त भएको छ ।

जिल्ला अदालतले गरेको थुनामा राख्ने आदेशअनुसार महरा हाल डिल्लीबजार कारागारमा सदरखोरमा थुनामा रहेका छन् ।

याे पनि पढ्नुहाेस् - महरा जेल गएको केहिदिन मै कम्युनिस्ट सरकारले ल्यायो, जेलभित्रै यौन सम्पर्क गर्न पाउने कानुन

JLLNEWSकाठमाडौ । कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका तर सन्तानोत्पादनको चाहना राखेका कानुनले प्रमाणित गरेका विवाहितलाई यस्तो सुविधा दिइने भएको हो। तीन ‘भीभीआईपी’हरू डिल्लीबजारकाे खाेरमा

यसै वर्षभित्रबाट प्रजनन सम्बन्धि हक सुनिश्चित गर्ने गरी कैदी बन्दी वा तिनका प्रमाणित पति वा पत्नीसँग यौन सम्पर्क गर्न छुट दिने कार्यविधि मस्यौदालाई अन्तिम रूप दिन लागेको कारागार व्यवस्था विभागले जनाएको छ । यसका लागि सबै कोणबाट अध्ययन गरेर मस्यौदालाई अन्तिम रूप दिइने विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बताए ।पारिवारिक भेटका लागि कार्यदिशा बनाएर यस वर्षभित्र कार्यान्वयन गर्ने गरी तयारी भइरहेको छ,’ मैनालीले भने।

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

सर्वोच्च अदालतले २०६८ चैत २८ गते गरेको ‘पारिवारिक भेटको माग गरेमा कानुनी रूपले प्रमाणित पति पत्नीलाई मात्र स्थान उपलब्ध गराउनू’ भनी गरेको फैसला कार्यान्वयनका लागि पत्र पठाएपछि कारागार व्यवस्था विभागले प्रजनन हकलाई मध्यनजर राखेर पारिवारिक भेटको व्यवस्था कार्यान्वयन गर्न लागेको हो । सर्वोच्चको फैसला कार्यान्वयनमा आए देशभर रहेका साढे १९ हजार कैदी बन्दीमध्ये सन्तान नभएकाहरूले कारागारले उपलब्ध गराएको स्थान र व्यवस्था अनुसार प्रमाणित पति वा पत्नीसँग प्रजननका लागि यौन सम्पर्क गर्न पाउनेछन् । तर, सन्तान भइसकेका वा अविवाहितहरूका हकमा यो लागू हुने छैन । कारागार व्यवस्था विभाग स्रोतका अनुसार कतिपय गम्भीर अपराध गरेका र मानसिकरूपमा सामान्य अवस्थामा नरहेका कैदी बन्दीहरू पनि प्रजनन हेतु हुने दम्पति भेटको सुविधाबाट वञ्चित हुन सक्ने गरी कार्यविधि तयार गर्न लागिएको छ।

नेपालका कारागारहरूमा प्रजनन हक कार्यान्वयन गर्ने सम्बन्धि कार्यविधि मस्यौदामाथि गृह मन्त्रालयका अधिकारीहरूले लामो तयारी र छलफल गर्दै आएका छन् । सर्वोच्च अदालतको फैसलाको आशय यौन सुखका लागि नभई प्रजननका लागि पारिवारिक भेटको व्यवस्था मिलाउनु भनिएकाले तदनुरूपको कार्यविधि बनाएर कार्यान्वयनमा लान लागिएको हो । विभागका अनुसार प्रजनन हक अनुसार कारागारमा निश्चित नीति बनाएर यौन सम्पर्कको छुट दिने भनिए पनि बहुविवाह गर्नेलाई त्यस्तो सुविधा नमिल्ने कार्यविधि बनाउन लागिएको हो।

सरकारमाथि दबाब
२०६६ सालमा सप्तरी कारागारमा रहेका सुरजा मरिक डोम, छोटनीदेवी मरिक डोम, जंगबहादुर सिंह र इनहुरेड इन्टरनेसनलकी प्रियंका पोखरेलसमेतले मन्त्रिपरिषद्, गृह मन्त्रालय र कारागार व्यवस्था विभाग समेतलाई विपक्षी बनाई कारागारमा रहेका कैदी बन्दीका लागि पारिवारिक भेट सुविधा अर्थात् प्रजनन हकका लागि यौन सम्बन्धको व्यवस्था गर्न मागसहितको रिट दायर गरेका थिए ।

उक्त रिटउपरको फैसलामा सर्वोच्च अदालतका न्यायाधीशद्वय बलराम केसी र गिरिशचन्द्र लालको संयुक्त इजलाशले पारिवारिक भेटको माग गरेमा कानुनी रूपले प्रमाणित पति पत्नीलाई मात्र स्थान उपलब्ध गराउनू भन्ने आदेश गरेको थियो । यो आदेशका अनुसार प्रजनन हकका लागि मात्र दम्पति भेट हो भन्ने व्याख्या गर्छन् कारागारलाई अध्ययन क्षेत्र बनाएर विद्यावारिधी गरेका न्यायाधीश डा. श्रीप्रकाश उप्रेती ।

सन्तान नभएको र सन्तानोत्पादन गर्न चाहने दम्पतिलाई मात्र यो हक प्रदान गर्नुपर्ने उनको जिकिर छ । फैसला अनुसार यसलाई मनोरञ्जन वा यौन सुखका रूपमा प्रदान गरिने सुविधाका रूपमा नभई प्रजननको हकका रूपमा लिनुपर्ने उनको भनाई छ। देशभर कारागारहरूको क्षमताभन्दा कैदी बन्दी बढी भएर व्यवस्थापनमा कठिनाई भइरहँदा अदालतले प्रजनन हकका लागि पारिवारिक भेट गराउने आदेश दिएपछि कारागार व्यवस्था विभागमाथि कठिन चुनौती थपियो ।

यसको कार्यान्वयनमा कठिनाइ भएकाले ढिलाइ भइरह्यो । तर, फैसला कार्यान्वयनका लागि दबाब बढेपछि गृह मन्त्रालय र त्यस अन्तर्गतको कारागार व्यवस्था विभाग दबाबमा परेको छ । उसले तत्काललाई केही कारागारहरूमा दम्पति भेटलाई कार्यान्वयनमा लाँदैछ। विभागका महानिर्देशक मैनाली भन्छन्, ‘अहिलेलाई केही कारागारमा मात्र पारिवारिक भेटका लागि पूर्वाधार बनाएर कार्यान्वयनमा लगिनेछ ।’ परीक्षणका लागि केही कारागारहरूमा कैदी बन्दीका पति पत्नीका लागि प्रजननको उद्देश्यले यौन सम्पर्क गर्न दिने स्थान बनाउने उद्देश्यसहित कार्यविधिलाई अन्तिम रूप दिन लागिएको छ । यसका लागि कैदी बन्दीको वैवाहिक अवस्था, उमेर, स्वास्थ्य, कैद सजायको अवधिलगायतको विषयलाई मध्यनजरमा राखिने कारागार व्यवस्था विभाग स्रोतको भनाइ छ । महिलाको हकमा अधिकतम् ४० वर्ष पुगेका तर कुनै पनि सन्तान नभएका र पुरूषको हकमा उमेर हद नतोकिने तर सन्तान नभएकालाई मात्र त्यस्तो सुविधा प्रदान गरिनेछ।

के छन् चुनौती ?
प्रजनन हकका लागि कैदी बन्दीका पति र पत्नीबीच यौन सम्पर्क गर्न दिने स्थान कस्तो र कहाँ बनाउने भन्ने विषय चुनौतीपूर्ण छ । विभागले सम्भव भएका कारागारहरूलाई पत्र लेखी स्थान उपलब्ध हुन सक्ने छ छैन भनेर लिखित रूपमा सोध्दा कतिपयले असम्भव भएको र कतिपयले सम्भव भए पनि व्यवस्थापन जटिल भएको जानकारीसहितको उत्तर पठाएको बुझिएको छ ।

त्यसका आधारमा प्रारम्भमा सात प्रदेशका सात वटा कारागारमा त्यसका लागि अलग स्थान बनाइदिने गरी काम थाल्ने तयारी भएको छ । त्यस्ता कारागारमा नयाँ बन्ने कार्यविधि बमोजिम प्रजनन अधिकार पाउन योग्य कैदी बन्दीलाई स्थानान्तरण गरिनेछ । तर, प्रजनन हकका लागि के कसरी स्थान बनाउने भन्नेबारे समस्या बन्न सक्छ । नेपालमा अभ्यास नभइसकेको विषय भएकाले यसले कारागारको सुरक्षामा समेत चुनौती ल्याउन सक्ने सम्भावना उत्तिकै छ।

कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका तर सन्तानोत्पादनको चाहना राखेका कानुनले प्रमाणित गरेका विवाहितलाई यस्तो सुविधा दिइने भएको हो ।

यसै वर्षभित्रबाट प्रजनन सम्बन्धि हक सुनिश्चित गर्ने गरी कैदी बन्दी वा तिनका प्रमाणित पति वा पत्नीसँग यौन सम्पर्क गर्न छुट दिने कार्यविधि मस्यौदालाई अन्तिम रूप दिन लागेको कारागार व्यवस्था विभागले जनाएको छ । प्रजननका लागि कारागारभित्र पति पत्नीलाई कतिपटक र कति समयको फरकमा यौन सम्पर्क गर्न दिने भन्नेमा समेत निर्देशिकामा स्पष्ट पार्नुपर्ने अवस्था छ ।

अन्य देशमा प्रजनन स्वास्थ्यका लागि दिइने पारिवारिक भेटको अभ्यासलाई अध्ययन गरेर नेपाली समाजलाई समेत दृष्टिगत गरी निर्देशिका तयार हुने विभागले जनाएको छ । यसका लागि पूर्वाधार निर्माण र सुरक्षामा समेत खर्च बढ्न सक्छ । विश्वका आर्थिक शक्ति राष्ट्रहरूले समेत कारागारभित्र उपलब्ध गराएको यस्तो भेटले खर्चको अनुपातमा परिणाम दिन नसकेको भनी पुर्नविचार गर्न थालेका छन् । अमेरिकामा समेत चार राज्यमा मात्र यस्तो सुविधा प्रदान गरिएको छ र दिइएकोमध्ये पनि बन्द गर्ने विषय उठ्ने गरेको छ।

के छ मस्यौदामा ?

– कैदी बन्दीको यौन सम्पर्कको हक नभई प्रजनन हकका लागि पारिवारिक भेट
– सन्तान नभएका तर सन्तान उत्पादन गर्न इच्छुक कैदी बन्दीलाई मात्र यौन सम्पर्क गर्न कारागारभित्र विशेष स्थान दिने
– सात प्रदेशका सातवटा कारागारमा दम्पति भेटका लागि विशेष स्थान बनाइने
– उमेर, कैद अवधि, वैवाहिक अवस्था, कारागारमा बिताउनुपर्ने अवधि, अपराधको प्रकृति हेरेर मात्र सुविधा प्रदान गरिने
अन्तर्राष्ट्रिय अभ्यास
१९ औं शताब्दीको सुरूतिर अमेरिकाको मिसिसिपी राज्यमा कारागारमा रहेका दम्पत्ति भेटको व्यवस्था गरिएको थियो । ‘मिसिसिपी परीक्षण’ नाम दिइएको उक्त कदमको उद्देश्य कैदीहरूलाई नियन्त्रणमा राख्ने र आवश्यकता अनुसारको काम लगाउने थियो । विश्वभर कारागारमा दम्पति भेटको व्यवस्था गर्ने देशहरूको संख्या बढ्दै गएको छ । रोचक के छ भने यौनका मामलामा रुढिवादी भनिएका इस्लामिक कानुनबाट चलेका साउदी अरब र इरानले पनि दम्पति भेटलाई प्राथमिकतामा राखेको छ । कारागारमा कैदी बन्दीलाई मनोरञ्जन दिन सन् २०१४ मा साढे तीन करोड डलर खर्च गरेको थियो । यो खर्चमा दम्पति भेटका लागि विशेष व्यवस्था समेत समावेश थियो ।साउदी अरबमा पुरूष बन्दीले प्रत्येक महिना एकपटक पत्नीसँग भेटेर सम्पर्क गर्न पाउने व्यवस्था छ । बहुविवाहलाई साउदी कानुनले वैध मानेकाले धेरै पत्नी भए प्रत्येक पत्नीसँग एक पटक भेट्न पाउँदा दुई वा सो भन्दा बढी पत्नी हुने बन्दीले संख्याका आधारमा पत्नीसँग एक महिनामा उति नै संख्यामा भेट्न पाउँछ ।

पतिलाई भेट्न आउने पत्नीले यात्रा, खाने र बस्ने खर्च समेत पाउँछिन् । इस्लाम कानुनका आधारमा चल्दै आएको सार्क मुलुक पाकिस्तानमा प्रत्येक तीन महिनामा बन्दीलाई एक रात वा दिन दम्पति भेटको अवसर प्रदान गरिन्छ । पाकिस्तानको अदालतमा सन् १९९२ मा दम्पति भेटको अधिकारबाट वञ्चित गरिँदा बन्दीहरूबीच समलिंगी गतिविधि र लागूऔषध दुव्र्यसनी बढेको भन्दै दम्पति भेटको अधिकार सुनिश्चित गर्न माग गर्दै मुद्दा दायर भएको थियो । त्यस मुद्दाको पक्षमा फैसला भएपछि सन् २०१० देखि सिन्ध प्रान्तबाट दम्पति भेटको अवसर प्रदान गर्न थालिएको हो । यसलाई पाकिस्तान सरकारको जेल सुधारको नीतिअन्र्तगत राखिएको छ । इस्लाम मुलुक टर्कीले सन् २०१३ बाट कारागारभित्र बन्दी रहेका दम्पति भेटको व्यवस्था सुरू गरेको हो ।

भारतले सन् २०१५ मा कारागारमा रहेका दम्पति भेट गर्न पाउने सम्बन्धि विधयेक पारित गरी यसलाई सुविधा नभई अधिकारका रूपमा व्याख्या गरेको छ । दम्पतिले वीर्य दिएर कृत्तिम गर्वधारण गर्न पाउने व्यवस्था गर्न समेत कानुनमा उल्लेख गरिएको छ । भारतको कानुनले दम्पति भेटलाई प्रजनन स्वास्थ्यसम्बन्धि अधिकार भनेको छ । क्यानडाले बन्दीहरूलाई प्रत्येक दुई महिनामा दम्पति वा परिवारको जुनसुकै सदस्यहरूसँग भेटेर ७२ घन्टा बिताउने व्यवस्था गरेको छ । बन्दीले त्यो सुविधाको उपभोग गर्दा पति वा पत्नी, मातापिता, सन्तान वा जोसुकैसँग ७२ घन्टा सरकारले व्यवस्था गरेको फ्ल्याटमा बिताउन पाउँछन्।

ब्राजिलमा दम्पत्ति वा साथी भेटमा निकै उदार नीति लिइएको छ । समलिंगीले पनि भेटको अवसर पाउने व्यवस्था छ । महिला–महिला वा पुरूष–पुरूषबीच पनि यौन सम्बन्ध राख्ने स्थान र समय उपलब्ध गराउने गरिएको छ । कोस्टारिका, इजरायल र मेक्सिकोलगायतका कतिपय मुलुकले समलिंगी बन्दीबीच भेटको व्यवस्था गरेका छन् । कतिपय ल्याटिन अमेरिकी मुलुकहरूले विवाहित मात्र नभई अविवाहित बन्दीलाई पनि यौन सम्पर्कका लागि छुट दिने कानुनी व्यवस्था गरेका छन् । यसको कार्यान्वयन पनि हुँदै आएको छ। कारागारभित्र दम्पतिलाई यौन सम्बन्धको अवसर प्रदान हुने गरी भेट्न दिनु सुरक्षाका दृष्टिले कम चुनौतीपूर्ण छैन । विश्वका कतिपय कारागारहरूमा दम्पति वा महिला साथीसँगको भेटमा झडप र हत्याका घटना समेत भएका उदाहरण छन् । जर्मनीको कारागारमा बन्दीले महिला साथीसँग पनि भेट्ने अवसर पाउँछ । सन् २०१० मा क्लाउस डिएटरले भेटका क्रममा आफ्नी महिला साथीलाई भेट गर्ने कोठामा छुरा हानेर हत्या गरेका थिए ।

बालिका बलात्कार र हत्याको अभियोगमा सजाय भोगिरहेका डिएटरले गरेको हत्याले विश्वभर दम्पत्ति वा महिला साथी भेटको व्यवस्थामा आलोचनाहरू भए । सुरक्षाका दृष्टिले यो व्यवस्था सजिलो छैन भन्ने उक्त घटनाले प्रमाणित गर्यो । त्यसैले, कस्ता प्रकृतिको अपराधमा दोषी ठहरिएकालाई यस्तो सुविधा प्रदान गर्ने भन्नेबारे बहस भए । नेपालमा दम्पत्ति भेटको कार्यनीति तयार भइरहँदा यो विषयमा गम्भीरता देखाइएको छ । कारागारमा रहेका सबै विवाहित दम्पतिलाई यस्तो सुविधा प्रदान गर्न नहुने पक्षमा सरकार छ । प्रारम्भमा यो परीक्षणकालमा रहने हुँदा पनि अन्य देशको अनुभव र देशको सामाजिक र आर्थिक अवस्थालाई समेत दृष्टिगत गरी कार्यनीति बनाइन लागिएको छ।

सकारात्मक पक्ष
दम्पति भेटले लामो समय पति वा पत्नीसँग भेट्न नपाएकाहरूले भेट्न पाउँदा शारीरिक आवश्यकता मात्र पूरा नभई मानसिक सुख पनि प्राप्त हुन सक्छ । कारागारभित्र तनाब बढ्न जाने हुँदा त्यसलाई कम गर्न सहयोग मिल्छ। कारागारभित्रका महिलाहरू पतिसँग निश्चित समयमा लामो समयका लागि भेट्न पाए पारिवारिक संकट आउने सम्भावना रहने थिएन कि भन्छन् ।

कैद सजाय भोगिरहेकी एक बन्दी भन्छिन्, ‘बेला बेलामा श्रीमान्सँग दम्पति भेटको सुविधा पाएको भए अर्को विवाह गर्दैन थिए कि ! दम्पति भेटको अवसरले परिवार अझ मजबुत हुनसक्छ ।’ मनोविमर्शदाता जमुना श्रेष्ठ आयरल्याण्डको जेलमा भ्रमण गर्दा यौन सम्पर्कका लागि फराकिलो सोचसहितको विशेष व्यवस्था देखेको अनुभव सुनाउँदै नेपालमा तदनुरूपको व्यवस्था तत्काल सम्भव नदेखेको र झारो टार्ने तरिकाले प्रदान गर्ने दम्पति भेटले थप समस्या ल्याउन सक्ने औल्याउँछिन् । उनी प्रश्न गर्छिन्, ‘जेलको वातावरणमा दम्पतिलाई दिइने यौन सम्पर्कको सुविधा कति सार्थक होला ?’

सन्तान सुख प्राप्त नगरेका जोडीबाट सन्तानोत्पादन हुनसक्छ । यसबाट राज्यलाई मानवस्रोतको विकासमा सहयोग पुग्छ । पश्चिमा मुलुकहरूमा सन्तानोत्पादनको चाहना घट्दै गएकाले कारागारहरूमा दम्पत्ति वा साथी भेट गरी यौन सम्पर्कलाई प्रोत्साहित गर्नुमा जनसंख्या सन्तुलनमा राख्ने उद्देश्य पनि रहेको छ । त्यस्ता मुलुकहरूले कारागारभित्र बन्दीहरूलाई सेवा र सुविधा दिएर भए पनि प्रोत्साहित गरिरहेका छन् । जनसंख्या वृद्धिको उद्देश्य राखेको साउदी अरबले कारागारभित्र दम्पत्ति भेटका लागि लाग्ने सबै खर्च सरकारबाट गर्ने व्यवस्था गर्दै आएको छ ।दम्पति भेटले कारागारभित्र हुने बलात्कारको घटनामा कमी आउन सक्छ ।

कारागारभित्र हुने समान लिंगका बन्दीबाट बलात्कार हुने घटना समेत नभएका होइनन् । यस्ता घटना हुन नदिन दम्पत्ति भेटले सकारात्मक भूमिका खेल्न सक्छ । यौन सम्पर्कबाट वञ्चित हुँदा कतिपय बन्दीको मानसिक अवस्था बिग्रन सक्छ । कतिपय देशमा कारागारभित्र लागूऔषधको दुव्र्यसनी बनेको उदाहरणहरू समेत छन् । यस्तो अवस्था हुन नदिन दम्पत्ति भेटले सहयोगी भूमिका खेल्न सक्छ।

विभिन्न अनुसन्धानहरूले दम्पति भेटले कारागारमा हुँदै आएको आपराधिक र हिंसात्मक घटनामा कमी आएको देखाएको छ । पारिवारिक सम्बन्ध प्रगाढ हुँदा व्यक्तिमा मानसिक तनाब घट्ने भएकाले हिंसाजन्य घटना घटाउन निरुत्साहित हुन सक्छ । बेला बेलामा हुने भेटले सम्बन्धलाई जोडिरहने भएकाले वैवाहिक सम्बन्ध कमजोर हुन दिँदैन । यसले कारागारमा रहेका बन्दीको पारपाचुके हुने सम्भावना कम हुन सक्छ । कारागारभित्र रहेका कतिपय कैदी बन्दीलाई पति वा पत्नीले साथ छाडिदिएको घटना धेरै छन् । केन्द्रीय कारागारस्थित महिला जेलकी बन्दी भन्छिन्, ‘जेल परेको केही महिनामै पति भेट्न आउन छाडेर अर्को विवाह गरेछन् । दम्पति भेटले यस्ता सम्भावनालाई घटाउन सक्छ।’

नकारात्मक पक्ष
दम्पति भेटमा सुरक्षा र खर्च मात्र नभई सामाजिक पाटो पनि चुनौतीपूर्ण बन्न सक्छ । बन्दी भाग्न सक्ने वा बन्दीले भेटमा आएका पति वा पत्नीसँग झगडा गरी दुर्घटना निम्तन सक्छ । दम्पति भेट निगरानीमा नहुने हुँदा सम्भावित अपराधिक घटना रोक्न कठिन हुन सक्छ । कतिपय अवस्थामा कैदी बन्दी आफन्तबाट असुरक्षित हुने हुँदा गम्भीर घटना हुन सक्छ । जर्मनीको कारागारमा पुरूष साथीले भेट्न आएकी महिला साथीको निर्ममतापूर्वक हत्या गरेको यथार्थमाथि उल्लेख गरिएको छ।

दम्पति भेटसम्बन्धि कार्यविधिले दायरा निकै फराकिलो पार्नसक्ने विषयले यसको प्रभावकारिताबारे प्रश्न गर्छिन्, मनोविमर्शकर्ता श्रेष्ठ । उनी भन्छिन्, ‘कारागारभित्र तनाव भोगिरहेको व्यक्तिले प्रजननका लागि गर्ने यौन सम्पर्क कतिको सार्थक हुन्छ भन्ने विषयबारे ध्यान दिन जरूरी छ ।’ प्रजननकै लागि भनेर दम्पति भेटको अवसर दिँदा महिलामाथि मात्र भार पर्ने उनको तर्क छ ।

उनी भन्छिन्, ‘प्रजनन भनेपछि महिलामाथि भार पर्छ, चाहे त्यो जेलमा रहेकी महिला हुन् वा पति जेलमा बसेर पत्नी जेल बाहिर रहेकी नै किन नहुन् ।’ मनोसामाजिक तनावलाई दृष्टिगत नगरी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न हतार गर्दा समस्या आउन सक्ने श्रेष्ठको तर्क छ। नेपालमा कारागारको सुधारमा बजेट न्यून विनियोजन हुँदै आएको छ । कारागारको भौतिक पूर्वाधार निर्माणमा समेत बेवास्ता भइरहँदा दम्पति भेटका लागि ठाउँ बनाउने र कार्यान्वयनमा ल्याउने विषय खर्चालु हुन्छ । त्यस्तो खर्चमा सरकारले गम्भीरता नदेखाउने सम्भावना पनि छ । सुरक्षाका लागि अतिरिक्त खर्च बढ्न सक्छ । कारागार व्यवस्था विभागका महानिर्देशक मैनाली कारागारमा खर्च बढ्ने स्वीकार्छन् । कारागारमा उपयुक्त र आवश्यकता अनुसारको भौतिक पूर्वाधार नभइरहँदा दम्पति भेटको व्यवस्था कसरी कार्यान्वयन होला भन्ने विषय सोचनीय भएको कारागारलाई अध्ययनको क्षेत्र बनाएका न्यायाधीश डा.श्रीप्रकाश उप्रेती बताउँछन् । कारागारमा व्यवस्थापन र सुधारका विषयहरू आवश्यकता अनुसार वैज्ञानिक हुन नसकेको उनको भनाई छ।

कारागारभित्र दम्पति भेटको दुरूपयोग गरेर बन्दीले जोकोहीलाई पति वा पत्नी बनाएर यौन तृष्णा मेट्न गतिविधि गर्न सक्छ । अर्कोतर्फ, यस्तो सुविधा कुन बन्दीलाई कति समय अन्तरालमा दिने ? प्रजनन स्वास्थ्यका लागि भनी दिने सुविधा एक वा दुईपटक मात्र दिएर उद्देश्य अनुसारको काम नहुन सक्छ । त्यही बहानामा सीमित बन्दीले कानुनको दुरूपयोग गरी कारागारभित्र मनोरञ्जनका रूपमा दम्पति सुविधालाई लिन सक्छन् । मनोविमर्शकर्ता श्रेष्ठ जेलभित्रको भौतिक र सामाजिक सुरक्षाको सुनिश्चितता विनाको यौन सम्पर्कको अवसर दिइने भेटले थप समस्या ल्याउन सक्ने औल्याउँछिन् । मिलेमतोमा नक्कली पति वा पत्नी बनेर अर्को व्यक्ति जेलमा प्रवेश गरी सम्पर्क गरेर जानसक्ने सम्भावना हुने उनको भनाइ छ । समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्री दम्पति भेटको दुरुपयोग गरी महिलाले कारागारबाहिरको परपुरूषसँग सम्पर्क गरी सन्तान जन्माउन सक्ने सम्भावना औल्याउँछिन् । उनी भन्छिन्, ‘पतिसँग दुई चार भेट गरेर कारागारबाहिरको पुरूषबाट गर्भधारण गरी दम्पति भेटलाई दुरुपयोग गर्ने सम्भावना नकार्न सकिँदैन।’

नेपाली समाज यौनका मामलामा उदार छैन । दम्पत्ति भेटमा कारागार पुग्ने महिला वा पुरूषलाई हेर्ने दृष्टिकोण बन्दी वा कारागारमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीबाट पनि नकारात्मक हुन सक्छ । कोही दम्पति भेटका लागि कारागार पुगेमा यौन सम्बन्ध वा वीर्य प्राप्तिका लागि नै आएको अर्थ लगाउनेहरू हुनसक्छ । यसले दम्पति भेटमा जान चाहने महिला वा पुरूषलाई असजिलो बनाउन सक्छ । अर्कोतर्फ, दम्पति भेटबाट जन्मेको सन्तानलाई हेर्ने दृष्टिकोण सकारात्मक नहुन पनि सक्छ । समाजशास्त्री क्षेत्री समाजले जेलमा बसेकालाई सकारात्मक दृष्टिकोणले नहेरिरहेको अवस्थामा कारागारभित्रको दम्पति भेटको उपज गर्भ रहन गई जन्मिएको बच्चाको सामाजिक सुरक्षामा चुनौती आउने तर्क गर्छिन् ।मनोविमर्शकर्ता श्रेष्ठ जेलभित्र रहँदा गर्भधारण रहँदाको तनावमा महिलामा आउनसक्ने समस्यादेखि बच्चा जन्मिएपछि थपिने चुनौतीसम्ममा ध्यान दिनुपर्नेमा जोड दिन्छिन्।

नेपालमा समलिंगी अधिकारको विषय जोडतोडले उठ्दै आएकोमा कारागारभित्र दम्पति भेटको सुविधा दिन थालिएमा समलिंगीबीचको भेटको आवाज समेत उठ्न सक्छ । यस्तो सम्भावनालाई स्वीकार्छन्, न्यायाधीश उप्रेती । उनी भन्छन्, ‘समय अनुसार विषयहरू उठ्ने र समाज तथा परिस्थितिलाई अध्ययन गरी त्यसको वैज्ञानिक तरिकाले सम्बोधन गरिँदै जानुपर्छ ।’ तथापि, सामाजिक परिवेशका कारण यस्ता विषय उठ्दा चुनौतीहरू थपिन सक्छन् । अर्कोतर्फ, पुरूष वा महिला साथीसँग पनि भेटी यौन सम्पर्क गर्न पाउनुपर्ने आवाजहरू उठ्न गई व्यवस्थापनको चुनौती बढ्न सक्छ । अपराध गर्नेलाई कतिपय हक भोगबाट वञ्चित गरिने व्यवस्था अनुसार यौन सम्पर्कबाट पनि वञ्चित गरिन्थ्यो । तर, कारागारभित्र यौन सम्पर्कको अवसर पाएमा विकृतिहरू आउने खतरा उत्तिकै छ । विगतको अध्ययन नगर्ने र भविष्यमा आउनसक्ने समस्या र उठ्न सक्ने विषयबारे हेक्का नराखी कुनै पनि कार्य अगाडि बढाउने प्रवृत्ति सरकारी निकायमा रहेकाले सरकारबाट चालिने कतिपय कदमले विकृति मात्र नभई संकट नै निम्त्याउने गरेको तर्क गर्छन्, न्यायाधीश उप्रेती, समाजशास्त्री क्षेत्री र मनोविमर्शकर्ता श्रेष्ठ।

नीतिनिर्माण र त्यसको कार्यान्वयनमा कानुनी, सामाजिक, आर्थिक देखि मनोवैज्ञानिकलगायत पाटोहरूलाई बेवास्ता गरेर दम्पति भेटको कार्यविधि बनाउने र कार्यान्वयनमा लाने गर्दा कारागार कारागार व्यवस्थापन र सुरक्षामा समेत बेथिति आउन सक्छ । दम्पति भेटको पहिलो प्रयोग गर्ने अमेरिकाको मिसिसिपी राज्यको कारागारले खर्च अनुसारको परिणाम र प्रभावकारिता नदेखिएको, कारागारभित्र अत्याधिक हिंसा, कारागार बाहिरबाट निस्किएपछि कैदीले पुनः आपराधिक क्रियाकलापमा संलग्ना देखाउने र पति पत्नीबीचको सम्बन्ध टुटेको तथ्यहरूका कारण एक सय वर्षयता दिइँदै आएको कारागारमा यौन सम्बन्ध राख्न दिने अवसर एक सय वर्षपछि सन् २०१४ मा त्यसलाई रोकेको थियो । नेपालको सन्दर्भमा कारागारभित्रको दम्पति भेटको अवसर मानवअधिकारसँग जोडेर हेरेर कार्यान्वयनमा लान लागिए पनि यसको प्रभावकारिताबारे अहिले नै प्रश्न उठाउन सकिने विषयहरू छन् । कारागार व्यवस्थापनमा सरकारको खर्च र उदासिनताका कारण यस्ता प्रश्नहरूबारे समयमै ध्यान नदिँदा कार्यान्वयनमा लगेपछि जटिल समस्याहरू आउन सक्छन् । नागरिक

‘भीभीआईपी यौन काण्ड’: यसरी बित्दैछ डिल्लीबजार जेलमा महराको दैनिकी

mahara dilli bazaar jail kantipathnewsकाठमाडौ : तत्कालिन सभामुख कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योगमा पुर्वपक्षका लागि अदालतको आदेश अनुसार काठमाडौको डिल्लीबजार स्थित कारागारमा छन् ।

यौनदुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरा प्रहरी हिरासतमा रहँदा अस्वस्थ बनेपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराउँदै आएपनि थुनामा राख्ने अदालतको आदेशपछि उपचार समेत कारकागारमै गर्ने गरी डिल्लीबजारमा राखिएको छ ।

बिबादित अवस्थामा महराद्धारा प्रतिनिधिसभा सदस्यको सपथ खुवाईएका रेशम चौधरी पनि सोही कारागारमा महरासँग भेटघाट गरेका छन् । त्यसैगरी भ्रष्टाचारको आरोपमा जेलजीवन बिताइरहेको पूर्व आईजीपी रमेशचन्द ठकुरी महराको रुमपार्टनर बनेका छन् ।

ठकुरी रुम पार्टनर बनेका छन् भने टिकापुर काण्डमा दोषि ठहर्याईएका चौधरी महराका साथी बनेका छन् । कारागारका एक सुरक्षाकर्मीका अनुसार महरा जेलभित्र धेरैजसो मौन र निरास अवस्थामा देखिन्छन् । त्यतिसाह्रो कसैसँग बोल्दैनन् । कोठमा खाटमा पल्टिरहने महराले केही पुस्तकहरु पढ्ने ईच्छा गरेपछि आफ्न्तहरुले पुस्तक पुर्याईदिएका छन् ।

Ramesh resham mahara kantipathnews

विशेष गरि ईतिहाससँग सम्बन्धित पुस्तकहरु पढ्ने महराको रुचि देखिन्छ । बिहान उठेपछि सामान्य व्यायाम गर्ने महरा अधिकांश समय पलङमा ढल्केर बस्ने गरेका छन् । खाना खाने समयबाहेक उनी कोठाभित्रै बस्ने गरेको बताईन्छ ।

महरा अहिले न्यायायिक हिरासतमा रहेका छन् । न्यायिक हिरासत भन्नाले कुनै अभियुक्तलाई मुद्दाको पुर्पक्षको क्रममा अदालतको आदेशले थुनामा राख्ने कार्य हो । मुद्दाको पुर्पक्ष भनेको मुद्दाको अन्तिम निर्णय भने होइन । पुर्पक्ष भन्नाले कुनै अदालतमा दायर भएको मुद्दाको कारवाहीका सिलसिलामा अपनाइने प्रक्रिया हो ।

महरा पुर्पक्षका लागि थुनामा गएपछि अब साक्षीका बकपत्र माथि छलफल हुने जिल्ला न्यायाधिवक्ताले बताएका छन् । प्रतिवादीका वकिलले न्यायाधीश सामुन्ने साक्षीलाई जिरह गर्नेछन् । जिरह भनेको साक्षीहरूले प्रहरीमा प्रस्तुत गरेका व्यहोरामाथि पुनःसवाल जवाफ गर्नु हो ।

यस्तै, महराका तर्फबाट रहेका साक्षीहरुसँग सोधपुछ हुनेछ । प्रतिवादी र प्रतिवादीका साक्षीलाई एकैसाथ बोलाएर जिरह गरिनेछ ।

उनले संघीय संसद्की कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका छन् । महराले पीडितको घर नजिक गएको तर फोन सम्पर्क नभएपछि फर्केको बयान प्रहरी र अदालतलाई दिएका छन् ।

महरा विरुद्धको अभियोगपत्रमा ‘मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ र सोही संहिताको दफा ३४ बमोजिम जबरजस्ती करणी उद्योगको कसूर प्रमाणित हुन आयो’ भनी उल्लेख छ । जसअनुरुप, महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरेको छ । सो उपदफामा ‘कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने’ व्यवस्था छ ।

१९ वर्षभन्दा माथिकी महिलामाथि जबरजस्ती करणी (बलात्कार) भए कसूरदारले ७ देखि १० वर्षसम्म कैद सजाय पाउँछन् । जबरजस्ती करणी उद्योग (बलात्कार प्रयास) मा आधा सजाय हुन्छ । यसअनुसार साढे तीन देखि साढे पाँच वर्षसम्मको सजाय हुन्छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले जबर्जस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा डेढी लगाई थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । 

थप समाचार 

'महरा' काण्डका केही प्रश्न

महरा-महिला सम्बन्ध : आफ्नै ‘माइन्ड’ आफूविरुद्ध लाग्दा

कृष्णबहादुर महरा जेलमा जाँदा रातभरी निदाईनन् रोशनी

यी हुन् महरालाई जेल पठाउने १५२ कागजात, १८ साक्षी र ८ कानुन

पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?

काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ

‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

BREAKING : कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर