annapurna add

धनगढी । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले दिनेश खवर र दिनेश एफएमले आफुलाई बदनामीत गर्नका लागि दिनेश सञ्चारगृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा भनेर समाचार प्रकाशन प्रशारण गरेको आरोप लगाएका छन्।

nirpaoddसोमबार प्रेस विज्ञप्ती जारी गर्दै यस कुरालाई प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । विज्ञप्तीमा भनिएको छ, "नगरप्रमुख नृपबहादुर वडका फुपुका नाती भनेर मलाई बदनामीत गर्दै घटनामा मुच्न खोजिएको छ 

२०७७ असोज ४ गते दिनेश सञ्चारगृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा भनेर दिनेश एफएम र अनलाईनले समाचार प्रकाशन प्रशारण गरेको विषयमा विज्ञप्तीमा नगरप्रमुख वडले झुटो, कपोकल्पीत, भ्रामक समाचारको निन्दा र भत्र्सना ब्यक्त गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ "तथ्य बिनाका समाचार प्रकाशन-प्रशारण गरेर ब्यवसायीक पत्रकारीतालाई कमजोर नबनाउन र पत्रकार आचरसंहिताकाको ख्याल राख्न दिनेश सञ्चारगृह संग अनुरोध गर्दछु"। यस बिषयमा सत्यतथ्य कुरा बाहिर ल्याएर सहयोग गरिदिन म नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ र सबै पत्रकार मित्रहरुलाई निवेदन गर्दछु । यस्तो झुटो समाचारमा बिश्वास नगर्न आम नगरवासीमा अनुरोध गर्दछु ।

यस जटिल अवस्थामा पत्रकारहरुको पेशागत सुरक्षाका लागि तीनैतहका सरकारहरु गम्भीर हुन जरुरी छ । यस बिषयमा छलफल चलाउन आदरणिय पत्रकार मित्रहरुलाई अनुरोध गर्दछु । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राण हो । कुनैपनि बाहनामा यो स्वतन्त्रतामा हस्तक्षप हुनुहुदैन भन्ने कुरो मैले राम्रो संग बुझेको छु ।

समाचारको बिषयमा मिति २०७७ साल भदौ २६ गते दिनेश सञ्चारगृहमै पुगेर सञ्चारकर्मी माथी घटाईएको घटनाको फेरी पनि म निन्दा र भत्र्सना गर्दछु । विज्ञप्तीमा उल्लेख छ ।

press release 5 asoj 1

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार