annapurna add

barta ko table

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको निम्तोमा एक दिने नेपाल भ्रमणमा आएका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेङलाई गृहमन्त्री रामबहादुर थापाले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भने नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले गर्ने छन्।

रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ रक्षामन्त्रीको दिउँसो चार बजे शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। डेढ महिनाअघि तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षामन्त्रालयबाट हटाई प्रधानमन्त्री कार्यालयसम्बन्धी मामिला हेर्ने जिम्मेवारी दिएका प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैले सम्हालिरहेका छन्।

मर्यादाक्रममा बराबरी रहेका र निमन्त्रणा गर्ने तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल भने प्रधानमन्त्री कार्यालयमै रहेर पनि उनलाई यो सम्पूर्ण प्रक्रियामा कुनै जिम्मेवारी दिइएको छैन।

वेइ स्टेट काउन्सिलर हुन्। जुन उपप्रधानमन्त्री सरहको हैसियत हो। स्टेट काउन्सिलर वेइ रक्षामन्त्री र चिनियाँ जनमुक्ति सेनाको जनरल हुन्। जनरल वेइ प्रधानमन्त्री ली खच्याङको मन्त्रिपरिषदमा पहिलो नम्बरका स्टेट काउन्सिलर हुन्। उनि चिनियाँ राष्ट्रपति सी चिनफिङको नेतृत्वको निकै शक्तिशाली केन्द्रीय सैन्य आयोगका सदस्य पनि हुन्।

नेपालबाट औपचारिक वार्ताको नेतृत्व गर्ने प्रधानसेनापति विशिष्ट श्रेणीका सुरक्षा अधिकारी हुन्। नेपालको मर्यादाक्रममा १०औं नम्बरमा रहने उनको स्थान मुख्यसचिवपछि हुन्छ। केहिले भने दुवैबीच वार्ताको प्रोटोकल नमिलेको टिप्पणी गरेका छन्।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...