annapurna add

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन् ।

Nobel Hospital kantipathnewsFile Photo

विश्वलाई नै आतंकित बनाइरहेको कोरोनाभाइरसको उपचारमा समस्या भइरहेका बेला नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक डा.शर्मा तयार भएका हुन् ।

निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाईसमेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा डा.शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउँन दिने महत्वपूर्ण घोषणा गरेका हुन् ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया छन् । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर