annapurna add

reports club

नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट नेविसंघलाई नेपाल वृद्ध संघ बनाउने चेष्टा गरेको आरोप लगाएका छन्।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विधानविपरित पार्टी नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारेको र नेविसंघलाई नेपाल वृद्ध संघ बनाउने चेष्टा लोकतन्त्रको उपहास भएको बताएका छन्।

कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै नेविसंघ तदर्थ समिति आउनुपर्ने आफूहरुको मुख्य माग रहेको भन्दै उनले भने : ‘हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो, तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोज्नु गलत हो,’ 'आफ्नै विधान मिचेर बन्ने केन्द्रीय समितिले साधारण सदस्य कुन नैतिकताका आधारमा बाँड्न सक्छ?'

यस्तै नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलाइ अमान्य रहेको चेतावनी दिएका छन् । नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा कक्षाकोठाका विद्यार्थीहरुको लागि स्विकार्य नहुने र यो उर्जाशील विद्यार्थीहरुमाथिको अपमान रहेको उनको भनाई थियो ।

संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ। कांग्रेस सभापति शेरबहादुर देउवाले ५० वर्ष पुरा भइसकेका राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउन खोजेको आरोप विद्यार्थीहरुले लगाएका छन्। विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गर्ने चेतावनी विधान पक्षधर नेता मनीष सिंखडाले बताए।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...