1478958692 banner ad format

 
 

नुवाकोट। नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा सदस्यसँग पैसा उठाएर फर्कंदै गरेका एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बेत्रावती रसुवाका कर्मचारी सोमबार लुटिएका छन् ।

Nuwakot Robber

मानेगाँउमा सोमबार अपराह्न सदस्यसँग ऋण उठाएर फर्कंदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ ।

सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय बेत्रावतीतर्फ पैदल फर्कंदै गरेकाबेला तीनजनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् ।

लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

लुटेराको अक्रमणबाट केसीको टाउकोमा चोट लागेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood