annapurna add

नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । ५३ बुँदे प्रतिवेदनमा ओलीले विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान महाधिवेशनबाट खोज्न आग्रह गरेका छन् ।

“कुनै पनि महाधिवेशन÷अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको सङ्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔँ । हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन्, ” प्रतिवेदनमा लेखिएको छ, “तत्कालीन नेकपा एमाले र नेकपा माओवादी–केन्द्रका दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन÷अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ । तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ ।”

प्रतिवेदनको पूर्णपाठ :

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...